Loading... आजः सोमवार, कार्तिक १०, २०७७

कोहलपुर औद्योगिक मेला तथा पर्यटन महोत्सव अस्त व्यस्त

कोहलपुर  । कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक मेला तथा पर्यटन महोत्सवको पहिलो दिन उद्घाटन शत्र अस्त व्यस्त बन्न पुग्यो ।

महोत्सव सचिवालयको कमजोरीका कारण महोत्सवको उद्घाटन शत्र फितलो बन्न पुग्यो । कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्हालेका संघका महासचिव तथा सचिवालय संयोजक तेजप्रसाद अधिकारी कार्यक्रम सञ्चालनमा पूर्वाग्राही र सुनियोजित ढंगले प्रस्तुत भएको संघकै पदाधिकारीहरुको भनाइ छ ।

संघका केहि पदाधिकारी तथा उद्घाटन शत्रमा बोलाइएका अतिथीहरुलाई व्यवास्ता गर्दै अपमानित रुपमा आसन ग्रहन गराएको भन्दै केहि अतिथीहरु मञ्चबाटै कार्यक्रम छोडेर बाहिरिएका थिए । आयोजकको गैरजिम्मेवारीका कारण अतिथिका लागि छुटाइएको स्थान समेत मेलामा सहभागी सर्वसाधारणहरुले ओगटेका थिए ।

रोचक त के देखियो भने कार्यक्रम सञ्चालकद्धय अघिकारी र कोस बहादुर खड्काले कोहलपुर क्षेत्रका सञ्चारकर्मिको नाम समेत उच्चारण गर्न हिच्किचाएका थिए । मेला तथा महोत्सव सञ्चालनमा खेलेको भूमिकाको समेत ख्याल नगरि कार्यक्रम स्थलमा समाचार संकलनकालागि पुगेका संचारकर्मीहरुलाई समेत अपमानित गरिएको थियो । कार्यक्रम सञ्चालकहरुको गैरजीम्मेवारी र बालापनका कारण मेला अवधिभरको व्यबस्थापनमा समेत असर पुग्ने देखिएको छ । अस्त–व्यस्त र त्रुटिपूर्ण रुपमा सञ्चालन हुन गैरहेको महोत्सवले सो अवधिभर गम्भिर प्रकृतिका दुर्घटना निमत्याउने खतरा समेत बढेको विश्लेषण गर्न थालिएको छ ।

महोत्सवकै बिषयलाई लिएर संघका पदाधिकारीहरु तथा विभिन्न उप–समितिका संयोजकहरु बीच पटक–पटक हात हालाहालको स्थिती देखापरेको श्रोतले जानकारी दिएको छ । संघका पदाधिकारी बिच कलाकार ल्याउने र प्रस्तुतिमा सेन्सर गर्ने विषयमा पनि पटक–पटक विवाद देखिएको छ । छाडा र भल्गर कलाकारका कारण मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन त्यस्ता कलाकार नल्याउन दवाव दिइरहेको संघका एक पदाधिकारीले बताए । कलाकारहरुका कारण उत्पन्न हुने परिस्थितीले निम्त्याउने सवै गतिविधिहरुको जिम्मा आयोजकले लिनुपर्ने स्थानिय प्रहरी प्रशासनको भनाइ रहदै आएको छ ।

मेला अवधिभरका लागि राखिएका नीजि सुरक्षाकर्मीहरुलाई राम्रोसँग निर्देशन नदिदा समस्या देखिएको छ । नीजि सुरक्षाकर्मीहरुले समेत आफ्नो मर्यादा र अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गर्दै आएको महोत्सव अवलोकन गर्न पुगेका स्थानियहरुको गुनासो रहेको छ ।

महोत्सव उद्घाटन शत्रमा अथितिको रुपमा बोलाईएका स्थानिय तहका जनप्रतिनिधीहरुलाई महोत्सव आयोजकले अपमान गरेको भन्दै उनिहरुले मायाँको चिनो तथा कार्यक्रम समेत समेत बहिस्कार गरेका थिए ।


ताजा समाचार