Loading... आजः बुधबार, कार्तिक ५, २०७७

नामिबियाद्वारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो।

नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रनको योगदान दिए। जेन फ्रेलिङक र जाने ग्रिनले समान २२/२२ रनको योगदान दिए।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए।

सरद भेसवाकर , पारस खड्का र बसन्त रेग्मीले समान १/१ विकेट लिए।

खराब सुरूवात गरेको नामिबियाले ३ रन हुँदा पहिलो विकेट गुमाएको थियो। त्यसपछि नामिवियाको २३ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्‍यो।

त्यसपछि नामिबियाको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्‍यो। नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे। उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुँदा नेपालले पाँचौ विकेट लिन सफल भयो ।

कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे। लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरेपछि नेपालले छैठौं सफलता हात पार्‍यो।

नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौं विकेट गुमाउँदै दबाबमा पर्‍यो।

त्यसपछि नामिवियाको १३२ रन हुँदा ८औं विकेट झर्‍यो। जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए। बर्नाडलाई सन्दिप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याचआउट गराउँदै नेपाललाई नवौ सफलता हात पारे।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले आजको खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्दैछन्।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन्। आजको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ।

setopati


ताजा समाचार