Loading... आजः सोमवार, कार्तिक १०, २०७७

दाङको तुइसोतामा पक्किपुल वन्ने निश्चित

देविराम कुसारि
दाङ । साविक गोल्टाकुरि गाविस हाल दंगिशरण २ बंगलापुरको तुइसोतामा पब्कि पुल निर्माण हुने निश्चित भएको छ ।

पुल निर्माणका लागि डिटेल सर्वेको जिम्मा लिएको पि डि य ईन्टरनेश्ल कन्सलटेन्सिले बुधवार देखि सर्वेको काम थालनि गरेको छ । सव इन्जिनियर सन्दिप विश्वासको नेतृत्वमा आएको प्राविधिकको टोलिले डिटियल सर्वेको रिपोर्ट एक सातामा बुझाउने र त्यसको एक महिनामै माटो परिक्षण गर्ने प्रविधिक टोलिका प्रमुख सव इन्जिनियर सन्दिप विश्वासको जानकारि दिनुभएको छ ।

माटो परिक्षणको अधारमा डिटियल स्टोमेट गरिने र त्यस लगतै पुल निर्काणका लागि सडक विभागले टेन्डर खुल्ला गर्नेभएको छ । यसरि लामो समय पछि पुल वन्ने निश्चित भएपछि स्थानिय खुसि भएका छन् । प्राबिधिकको टोलिलाई लिएर स्थलमा पुगेका वडाका कर्मचारि देविराम कसारिसंग स्थानियले यसपटक प्रमविधिब हिसावले बलियो ठाउबाट पुलको सर्वे गर्न आग्रह गरेका थिए । पटक पटक ढेक्का समेत भएर पनि पुल निर्माण हुन नसकेका कारण लामो समयदेखि समस्या भोग्न बाध्य भएका स्थानिय पुल बन्ने खबरले खुसि भएका छन् । यसपट पुलको सर्वे स्थगित नहुनेगरि गरिनुपर्ने स्थानिय कम्मे कुसारिले अाग्रह गर्नुभएको छ ।

एक पटक ठेक्का भएर पनि नबनेको पुल फेरि बन्ला जस्तो लागेको थिएन तर अहिले खुसिलागेको छ स्थानिय प्रजित वलिले भन्नुभयो । पुल निर्माणका लागि यस अघि सामाजिक सञ्जालमा खबरदारि देखि नेपाली काग्रेसका सभापति प्रकासमान वलिको नेतृत्वमा डेलिगेसन, भेटघाट तथा स्थलगत अनुगमन समेत भएका थिए । गएको साउनमा श्रम तथा राेजगार राज्य मन्त्रि डिल्लिबहादुर चौधरी, तुलसिपुर उ.म.न.पाका मेयर घणश्याम पाण्डे, सदस्य विनोद पाण्डे, दिपक कुमाल, गाउपालिकाका अध्यक्ष भागिराम चौधरि, उपाध्यक्ष पिमा खड्का, वडा अध्यक्ष तुलसिराम देवकोटा लगाएतले स्थलगत अनुगमन गरेका थिए ।


ताजा समाचार