Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

प्रदेश नम्बर १ राष्ट्रिय सभा निर्वाचनमा वाम गठबन्धनको बर्चस्व

विराटनगर । प्रदेश नम्बर १ राष्ट्रिय सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनामा वाम गठबन्धनले ५ र कांग्रेस २ स्थानमा विजय प्राप्त गरेको छ।

विराटनगरमा बुधार सम्पन्न निर्वाचनमा अपाङ्ग तथा अल्पसंख्यक र दलित कोटा गरी दुई पदको निर्वाचन नतिजा आएसँगै सातै स्थानको परिणाम आएको छ। यी दुई पदबाहेक अन्य पाँच पदमा निर्विरोध निर्णय भएको थियो।

दलित कोटामा एमालेका खेम नेपाली र अपाङ्ग तथा अल्पसंख्यकमा पनि त्यही पार्टीका अगमप्रसाद वान्तावा निर्वाचित भएका छन्। नेपालीले ६ हजार दुई सय ७० मतभार प्राप्त गरे। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विन विश्वकर्माले दुई हजार ८ सय ३२ मतभार प्राप्त गरे।

दलितमा १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अल्पसंख्यक र अपाङ्ग कोटामा एमालेका बान्तावाले ६ हजार १ सय ३८ मतभार प्राप्त गरे। यसमा १२ मत बदर भयो। यसमा कांग्रेसका महेश जाजूले दुई हजार ८ सय ९८ मतभार प्राप्त गरे।

यसअघि प्रदेश १ बाट छ जना निर्विरोध निर्वाचित भइसकेका छन् । जसमा अन्यतर्फ एमालेबाट दुई जना र कांग्रेसका एकजना विजयी भएका थिए। अन्यमा एमालेबाट संखुवासभाका पर्शुमेही गुुरुङ र झापाका हरिशरण शिवाकोटी निर्वाचित भएका थिए।

कांग्रेसबाट मोरङका रमेशजङ्ग रायमाझी तथातीन जनाको महिलातर्फ एमालेकी(मोरङ) नैनकला ओझा, माओवादी केन्द्रबाट(मोरङ)की बिना पोखरेल र नेपाली काँग्रेसबाट झापाकी सरिता प्रसाई निर्वाचित भएका हुन।

विहीबारको निर्वाचन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फे र ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा सहभागी भएनन् ।

sancharkendra.com


ताजा समाचार