Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रदेश नम्बर ६ को ताजा मतपरिणाम सार्वजनिक, वाम गठबन्धनको विजयी शुरुवात

सुर्खेत । प्रदेश नम्बर ६ राष्ट्रियसभा सांसदको चुनावको मत परिणाम आउन सुरु गरेको छ । पहिलो चरणमा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।

नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत ल्याए । यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याए ।

अन्य ६ पदको मतगणना भने जारी छ ।


ताजा समाचार