Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

राही मार्ट नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक दुई प्रतिस्प्रधी बिजयी

बाँके । बाँकेको नेपालगन्जमा सम्पन्न राही मार्ट नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा संचालन गरीएको उक्त प्रतियोगिताको आईतबार नतिजा सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा सहभागी १२ जना सहभागी मध्य भेरी नर्सिङ कलेजका सृजना विष्ट लगाएतको टिम र खजुरा क्याम्पबाट सहभागी शुस्मीता शाहीलाई संयुक्त रुपमा विजेता घोषणा गरीएको छ ।

आईतबार सम्पन्न फाईनल प्रतिस्प्रर्धाको निर्णायक तथा ठमेल बजार गितका कोरियोग्राफर समेत रहेका चर्चित कोरियोग्राफर बिक्रम स्वाँरले दुबै प्रतिस्प्रधीको अंक समान रहेकाले संयुक्त रुपमा विजयी घोषणा गरीएको जानकारी दिए ।

उपाधीसागै विजेताले ५०/५० हजार नगद पुरस्कार प्राप्त गरेका छन । १ लाख नगद पुरस्कारको उक्त प्रतियोगितामा दुई प्रतिस्प्रधीलाई बिजेता घोषणा गरेपछि ५०/५० हजार नगद पुरस्कार प्रदान गरीएको साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहाले जानकारी दिए । साथै विजयी प्रतिस्पर्धीले प्रतिनिधीत्व गर्दै आएको दुई कलेजलाई समेत ५/५ हजार नगदबाट पुरस्कृत गरिएको छ । महोत्सवमा जिल्लाका १२ वटा कलेजले सहभागीता जनाएका थिए ।

यसैबिच महोत्सवको ११ औं दिन आईतबार सम्पन्न साँस्कृतीक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकी प्रश्ना पाण्डेले नगद रु १० हजार नगद प्राप्त गरेकी छन । सिमरक किण्डम स्कुलमा अध्ययनरत पाण्डेलाई पर्फमर अफ डे को उपाधी सहित नगद पुरस्कारबाट पुरस्कृत गरीएको हो ।


ताजा समाचार