Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

ठमेल बजारमा नाचे पुर्व गृहमन्त्री बस्नेत

बाँके । शनिबार नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको माहोल फरक थियो । ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेर्न हजारौंको सँख्यामा मानव सागर उर्लिएपछि सुरक्षाकर्मीहरुलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । त्यसै माहोलमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको उपस्थिती झनै रोचक देखियो ।

मिना निरौलाले आफ्नाे करियरको सबैभन्दा चर्चित गित ठमेल बजार गाउँदा पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली युवा नेता शक्तिबहादुर बस्नेत खुरेलै नाचेका थिए ।

महोत्सव आयोजकको विशेष निम्ता स्वीकार्दै प्रादेशिक महोत्सवमा आएका बस्नेतलाई गायिका स्वयंमले तानेर नचाएकी थिईन । बस्नेतसँगसँगै पुर्व उर्जा मन्त्री महेन्द्र बहादुर शाही र बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य समेत नाचेका थिए ।

गत माघ ११ देखि नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा मानव सागर उर्लने क्रम जारी छ । मनोरञ्जनात्मक कार्यक्रमका अलावा आफुलाई आवश्यक सम्पूर्ण सामग्रीहरु एकै ठाँउमा उपलब्ध हुने भएपछि बाँके तथा छिमेकी जिल्लाबाट आएका पाहुनाहरु समेत महोत्सव प्रति आकर्षित देखिएका छन ।

शनिबार मात्र ४० हजार बढिले महोत्सवको अवलोकन गरेका छन । सडक डिभिजन कार्यालय परिसर कारकाँदोमा शनिबार दर्शकहरुको भिड थाम्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो । सार्वजनिक विदा परेकाले पनि उल्लेख्य मात्रामा दर्शकहरु महोत्सव अवलोकन गर्न आएको महोत्सव मुल आयोजक समितिका संयोजक नन्दलाल वैश्यले बताए । यद्यपी महोत्सव संचालन भएयता हरेक दिन महोत्सवस्थलमा दर्शकहरुको उपस्थिती उत्साहजनक रहँदै आएको छ । महोत्सव सचिवालयका अनुसार हालसम्म १ लाख बढिको टिकट बिक्रि भईसकेको छ ।

शनिबार महोत्सवमा राष्ट्रिय स्तरका कलाकारदेखी स्थानिय कलाकारहरुले आफ्नाे प्रस्तुती दिएका थिए । लोकदोहोरी गायक नविन पौडेल, ममता गिरीका साथै यस क्षेत्रबाट प्रतिनिधीत्व गर्दै राष्ट्रिय स्तरको छबी कायम गर्न सफल गायिका सपना शाहीले पनि महोत्सवमा आफ्नाे प्रस्तुती दिएकी छन ।


ताजा समाचार