Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

समाचारको खन्डन गर्दै वडा अध्यक्ष सिंहले भन्नू भयो :  जनताद्वारा पराजित पिडालाई झुटो समाचार बनाएर आत्मसन्तुष्टि नलिऔं 


जाजरकोट । छेडागाड नगरपालिका वडा नम्बर ११ का अध्यक्ष चक्रबहादुर सिंहले केहिदिन अघि संचार माध्यममा प्रकाशित समाचारको खन्डन गर्नु भएको छ ।

वडा अध्यक्ष सिहले एक बिज्ञप्ति जारी गरि जनताद्वारा पराजित नेपाली काङ्ग्रेसका कार्यकर्ता काली बहादुर खत्रीको हवला दिएर अन्नपूर्ण पोष्टमा प्रकाशीत समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

मैले आफ्नो वडालाई कसरी समृद्ध बनाउने भन्ने कुरामा ध्यानदिनु मेरो कर्तव्य सम्झेको छु बिज्ञप्तिमा सिंहले भन्नू भएको छ ।
समाचारमा आए जस्तो नगरपालिका वडा नम्बर १ को खारा देखि ५ को थलह बजार सम्मको सडक मेरो वडाभित्र नपर्ने र उक्त सडक आफुले नखनेको प्रष्ट पार्नु भयो ।

चुनाव जितेपछि आफुले कुनै पनि साधन अर्थात डोजर किनेको छैन, राज्यकोषको कुनैपनी दुरुपयोग भएको छैन बिज्ञप्तिमा भनिएको छ ।

वडा अध्यक्षमा आफुसंग पराजित काङ्ग्रेसका कार्यकर्ता खत्रीले ब्यक्तिगत रिसिबी सांधेर दिएको सूचनालाई समाचार बनाउनु भन्दा पहिले त्यस्को यथार्थ अवस्था बुझिदिनुहुन सबै संचार माध्यमलाई आग्रह गर्दछु बिज्ञप्तिमा भनिएको छ ।

जनताले पराजय गराएको पिडालाई झुटो समाचार बनाएर आत्मसन्तुष्टि लिने सम्बद्ध खत्रीलाई उक्त समाचार पुष्ट्याई गर्न चुनौती दिदै भ्रमपुर्ण अफवा प्रती विस्वास नगर्न सबैमा अपिल गरिएको छ ।


ताजा समाचार