Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सुर्खेतमा क्रिकेट मैदानको माग गर्दै नगर विकास समितिमा ज्ञापनपत्र पेश

सुर्खेत । जिल्ला क्रिकेट संघ सुर्खेतले क्रिकेट मैदानको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । सुर्खेत उपत्यका नगर विकास समितिलाई संघका अध्यक्ष श्रीधर केसी सहितको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।

दुई दशकदेखी सुर्खेतमा क्रिकेट मैदान नभएर खेलाडीहरु पलायन भएको भन्दै संघले जग्गा माग गरेको छ । क्रिकेटप्रति खेलाडीहरुको मोह बढे पनि आफ्नै खेल मैदान नहुँदा खेलाडीहरुलाई प्रशिक्षण दिन समस्या भएको संघका अध्यक्ष केसीले जानकारी दिए । उनले सुर्खेतमै सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्न आफूहरु लागेको बताए ।

सरकारले क्रिकेट मैदानको लागि एक एक करोड बजेट विनियोजन गरेपनि सुर्खेतमा मैदान नै नभएकोमा आक्रोश व्यक्त गरे । ज्ञापनपत्र बुझ्दै समितिका अध्यक्ष नारायणप्रसाद कोइरालाले भएका अधिकाँश जग्गा खाली नभएको भन्दै अध्ययन गरे आवश्यक स्थानमा जग्गा उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

क्रिकेट मैदानका लागि विगतदेखी नै जग्गा छनौट नगरिएको भन्दै यसका लागि आफूले सक्दो पहल हुने कोइरालाले बताए । ज्ञापन पत्र बुझाउन संघका पूर्व अध्यक्ष पदमबहादुर खड्का, सचिव प्रकाश भुसाल, सहसचिव सन्दीप कोइराल लगायत सहभागी थिए ।

प्रतियोगिताका लागि आर्थिक सहयोग
सुर्खेत क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताकाका लागि आर्थिक सहयोग रकम जुट्न थालेको छ । संघले आगामी फागुन ७ गतेबाट सुर्खेतमा सञ्चालन गर्न लागेको प्रदेश नम्बर ६ स्तरीय क्रिकेट प्रतियोगिताका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्न थालेका हुन् । प्रतियोगिताका लागि सुर्खेत क्रिकेट संघका संस्थापक अध्यक्ष पदमबहाखुर खड्काले २५ हजार सहयोग गरेका हुन् । यस्तै, मिडवेस्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हामलले पनि १० हजार सहयोग गरेको छन् ।


ताजा समाचार