Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

पार्टी एकता र जबजको सार्थकता

जाजरकोट । अहिले मुलुकमा दुई ठुला कम्युनिष्ट पार्टिहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच पार्टी एकताको सरगर्मी बढिरहेको छ । कम्युनिष्ट पार्टी भए पनि यी दुई ठुला पार्टीहरुको व्यावहारत पृष्ठभुमि र राजनीतिक कार्यदिशा फरक–फरक छ । एतिवेला पार्टी एकता गर्ने सन्दर्भमा एकिकरणका शैदान्तिक आधारहरुमाथी पनि बाँम मथिंगलहरु तरंगित भैरहेका छन् ।

खासगरी नेकपा एमालेका तत्कालीन प्रभावशाली महासचिव जननेता कमरेड मदन भण्डारी द्धारा प्रतिपादित शिद्धान्त जनताको बौदलीय जनबाद (जबज) को औचित्य र सन्दर्भ सकिएको केही बाँम नेता तथा कार्यकर्ताहरुले विश्लेशन गरेको पाइन्छ । जननेता कमरेड मदन भण्डारीले भने जस्तै “सिद्धान्तका लागी जीवन हैन, जीवनका लागी सिद्धान्त हुनुपर्छ ।” कुनै पनि विचार, सिद्धान्तको केवल पुजारी हुनु जरुरी छैन ।

तर जवसम्म कुनै सिद्धान्तको औचित्य र सन्दर्भ रहन्छ त्यसलाई अंगाल्नु जरुरी हुन्छ । के अव जबज को औचित्य सकिएको हो त ? जवजलाई अझ समृद्ध, विकास, परिमार्जन गर्न चाहाने जो कोही जबज पक्षधर नेता÷कार्यकर्ताहरु यसको रक्षाको लागी बहस र छलफल चलाउनु जरुरी रहेको छ । निश्चय पनि पार्टी एकता हामी कार्यकर्ता र जनताका लागी लामो समय देखि देखिएको इच्छ र सपना हो । पार्टी एकताका नाममा सही बिचार, सिद्धान्त पनि छोड्ने र त्याग्ने सम्झौतामा पुग्नु हुन्न ।

माक्सवादमा द्धन्दवादका नियमहरु सर्वकालिक भए जस्तै जबजका केही विशेषताहरु पनि सर्वकालिक छन् ।

सोभियत संघको अवसान र पुर्वि यूरोपेली मुलुकहरुबाट समाजवादको समाप्ति पछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । र नेपाली धर्तीमा जडसुत्रबाद र विसर्जनवादको विरोध गर्दै नेपाली धर्तीमा जननेता कमरेड मदज भण्डारीले सिर्जनात्मक माक्सवादका रुपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्नु भयो । कम्युनिष्टहरु माथि अधिनायकवादको विल्ला भीराई रहेका वेला नेपालमा मदन भण्डारीले व्यापक जनसहभागीताका विच समाजको अर्थ राजनीतिक चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको अवस्थामा पुजीवादी चरित्रको कार्यक्रम अघि सार्नु भयो ।
माक्सवादमा द्धन्दवादका नियमहरु सर्वकालिक भए जस्तै जबजका केही विशेषताहरु पनि सर्वकालिक छन् । जनवादी राज्यव्यवस्था र समाजवादी राज्यव्यवस्थामा समेत बहुदलीय प्रतिस्प्रधाको बाटो खुल्ला गर्ने, पार्टी र नेतालाई संविधानको र कानुनको अधिनस्त राख्ने, शक्ति पृथक्तिकरण गरी कुनै पनि रुपको निरंकुशताको अस्वीकार्यता, जनतालाई सर्वभौम सत्ता सम्पन्न मान्ने, आवधिकरुपमा नेतृत्व जनअनुमोदित हुनुपर्ने जस्ता जबजका विशेषताहरु सर्वकालिक छन् ।

अवका दिनमा समाजवाद उन्मुख जनवादी व्यवस्था स्थापना गर्नु प्रमुख कार्यभार हुन जान्छ । यो कार्यभार जबज विना अघि बढ्यो की त्यहीनेर दुर्घटना हुन सक्छ ।

यी मान्यताले राज्यसक्तालाई निरंकुश हुनबाट जोगाउँदछ र लोकतन्त्र बचाई राख्दछ । जबजले जनवादी क्रान्ती कसरी गर्ने मात्र भनेको छैन, क्रान्ति पछि राष्ट्रिय पुजीको विकास गर्दै कसरी जनवादी राज्यव्यवस्था सुदृढ गर्ने, मानव अधिकारको प्रत्याभुति कसरी गर्ने समेत पैरवी गरेको छ । अहिले एक हिसावले पुजीवादी जनवादी क्रान्ति सम्पन्न भएको पक्कै पनि मान्न सकिन्छ तर यसलाई जबजका तिन चरण मध्य पहिलो चरण मात्रै मान्न सकिन्छ ।

अवका दिनमा समाजवाद उन्मुख जनवादी व्यवस्था स्थापना गर्नु प्रमुख कार्यभार हुन जान्छ । यो कार्यभार जबज विना अघि बढ्यो की त्यहीनेर दुर्घटना हुन सक्छ । नेपालको संविधानको प्रस्तावनाले अंगिकार गरेको समाजवाद प्रति प्रतिवद्ध समृद्ध राष्ट्र निर्माण गर्ने आशय पनि जबजको दोस्रो चरण नै हो ।
जबजको औचित्य सकियो भन्नेहरुले जबजको मुल दस्तावेज हेरे हुन्छ जसमा तीन चरणबारे यसरी किटान गरीएको छ ।

१) पुरानो व्यवस्थाको शोसन, उत्पिडनका अवशेषहरु सवै क्षेत्रबाट अन्त्य गर्नु पर्ने छ ।

२) नयाँ उत्पादन सम्बन्धको अधारमा समाजका सवै क्षेत्रमा भौतिक र साँस्कृतिक दुवै हिसावले विकास गर्र्नुु पर्ने छ ।

३) समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्नु पर्ने छ ।

नेपाली समाज उत्पादन पद्धतिका हिसावले पुजीवादी चरणमा प्रवेश गरेको त छ तर यो मुलत दलाल पुँजीवादी चरित्रको छ । र समाजिक, सँस्कृतिक रुपमा पनि सामन्तवादका अवशेषहरु जीवीतै छन् । विगतमा केही मुलुकहरुले गरेको गलत प्रयोगले कम्युनिष्टहरु माथि अधिनायकवादको आरोप लाग्दै आइरहेको छ ।

यो निर्वाचनमा पनि अधिनायकवाद को हल्ला चल्यो । यो हल्लालाई मन्द र मत्थर पार्न र चिर्न जबज एक मात्र हतियार वन्न सक्छ । अब कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण विना कम्युनिष्टहरुले देखेको विकास र समृद्धिको सपना पुरा हुन सक्दैन ।

अत : नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भएपनि जबज लाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मानेर जाँदा औचित्य हिन र असान्धर्विक हुने छैन । किनकि जबजले संविधानको सवोच्चता, बहुवादी खुल्ला समाज, शक्ति पृथकीकरण, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, मानव अधिकारको रक्षा, विदेशी पुँजी र प्रविधिको उचित प्रयोग लगायतका १६ वटा विशेषतासहित परिभासित गरेको छ ।


ताजा समाचार