Loading... आजः शुक्रबार, अशोज १, २०७८

घर बनाउँदै हुनुहुन्छ ? त्यसोभए प्रादेशिक महोत्सव जानुहोस !

के तपाई घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपालगन्जमा संचालन भईरहेको प्रादेशक महोत्सवमा अवश्य पुग्नुहोला ।

तपाईले चाहेजस्तै डिजाईनका आकर्षक घर निर्माणकालागी तपाईलाई सहयोग पुग्न सक्छ । हो, नेपालगन्जमा संचालन भईरहेको प्रादेशिक महोत्सवको स्टल नम्बर ३५ मा तपाईले आकर्षक तथा आधुनिक प्रविधियुक्त घर निर्माणकालागी आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

नेपालमै पहिलोपटक घरका नमुनाहरुको आधारमा नक्सा तयार गरी घर निर्माणमा सहयोग पुर्याउने विधि प्रयोगमा ल्याएको मोडल मेकिङ सेन्टरका संचालक बि.आर. चौधरीले जानकारी दिए ।

आफुले नेपालमै पहिलोपटक घर निर्माणकालागी आवश्यक नक्सा तयार गरी परामर्श दिने सेवा सुरु गरेको भन्दै चौधरीले घर निर्माण गर्नुपरेमा सम्पर्क गर्न आग्रह समेत गरेका छन ।


ताजा समाचार