Loading... आजः बुधबार, कार्तिक ५, २०७७

चौरजहारीको हवाई सेवा ९ महिना देखी बन्द हुँदा सर्वसाधारण मर्कामा

बद्री पन्त
रुकुम । रुकुम (पश्चिम) को एक मात्र चौरजहारी बिमान स्थलमा विगत ९ महिना देखी हवाई उडान बन्द भएको छ । जेठ पहिलो साता देखि वन्द रहेको विमान स्थल आजसम्म सन्चालनमा नआउदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन् ।

विमान उडानका लागि यात्रुको संख्या कम भएको, विमान कमी, पाइलटहरुको अभाव लगाएत कारण देखाउदै नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगंजले उडान तालिका नबनाउँदा यहाँको हवाई सेवा बन्द भएको नेपाल वायु सेवा निगम चौरजहारीले जनाएको छ ।

साढे चार करोड लागतमा चार बर्ष अघि कालो पत्रे गरिएको यो विमान स्थल यसरी हवाई उडान बन्द हुँदा जाजरकोट, सल्यान, र रुकुमका स्थानीय यात्रु तथा विरामी समस्यामा परेको शितल क्याम्पस चौरजारीका उप-प्रध्यापक रमेश लामिछाने बताउनु भएको छ ।

यहाँको विमान स्थल बन्द भएपछि सिकिस्त विरामी र जटिलखालका गर्भवती महिलाहरुलाई जोखिम मोलेर गाडिमा सुविधा सम्पन्न ठाउँमा लिनु पर्ने वाध्यता रहेको चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर विष्टले बताउनु भएको छ । यदि हवाई सेवा उडान भए यहाँका सर्वसाधारणलाई सहज हुने अध्यक्ष विष्टको भनाई छ । तत्काल चौरजहारीमा हवाई उडान सुरु हुनु पर्ने विष्टले बताउनु भएको छ ।

यस अघि चौरजहारीवाट नेपालगञ्ज र काठमाडौं उडान भर्दै आएको नेपाल वायु सेवा निगमको जहाजले प्रत्येक बुधवार काठमाडौं–नेपालगञ्ज–चौरजहारी र प्रत्येक विहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान भर्ने गरेको थियो । रुकुमको सल्ले विमान स्थलमा उडान थप गरेको र चौरजहारीमा कटौती गरेको भन्दै यस विषयमा बेला बेला आफुले क्षेत्रमा जानकारी गराएको नेपाल वायु सेवा निगम चौरजहारीका इन्चार्ज सुरेन्द्र नेपालीले जानकारी दिनु भएको छ । जहाज सन्चालन नहुदा यस क्षेत्रका बासिन्दालाई समस्या भएको उहाँले बताउनु भयो ।

बन्द रहेको चौरजहारी विमान स्थल सन्चालनका माथेल्नो निकायसंग पहल भइ रहेको छिटै नै सन्चालनमा आउने चौरजहारी नगरपापालिका मेयर बिशाल शर्माको भनाइ छ ।

जाजरकोट, सल्यान, डोल्पा र रुकुमका केहि भागमा सर्वसाधारणहरु यस विमान स्थलवाट लाभान्वित थिए । यहाँ नीजि विमान कम्पनीले समेत उडान नगर्ने र नेपाल वायु सेवा निगमको जहाज पछि वन्द हुदा यसबाट सहज सेवा पाउने आस गरेका यहाँका वासिन्दा मर्कामा परेका छन् । चौरजहारी विमान स्थलन रुकुम जिल्लाको दोस्रो विमान स्थल छ । वन्द रहेको विमान स्थल सन्चालन गरी यहाँका नागरीकलाई हवाइ सेवा उपलब्ध गराउन सम्बन्धित निकाएको यस तर्फ ध्यान दिनु पर्ने स्थानीले बताएका छन् ।


ताजा समाचार