Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

वडा अध्यक्षको मनपरी, सम्झौता र स्टमेट विनै सडक निर्माण


जाजरकोट । भेरी नगरपालिका ७ पुन्मको एक सडक स्टमेट र सम्झौता विनै निर्माण गरिएको छ । वडा अध्यक्ष चन्द्र बहादुर शाहीले आफै डोजर भाडामा ल्याएर स्टमेट र सम्झौता नगरी पदको दुरुपयोग गर्दै निर्माण गरेका हुन् । स्याउली सरस्वति मा.वी हुदै पाथीहाल्न सम्मको सडक उनले आफै भाडामा डोजर ल्याएर स्टमेट र सम्झौता नगरी खनेका हुन् ।

वडा अध्यक्ष शाहीले २८ लाख बजेटको उक्त सडक विवादका विच आफु अनुकुल जवरजस्ती उपभोक्त समिति गठन गरी सडक खनेको स्थानिय बुद्धी शाहीले बताए । सडक निर्माण गर्दा व्यक्तिगत प्रतिसोध साट्न आफ्ना सालका रुखहरु व्यापक फडानी गरीदिएको उनले बताए । सोही सडक निर्माण सुरु हुँदा विवाद भएपछि स्थायिन युवाहरुको समुहले वडा अध्यक्ष शाहीलाई कुटपिट समेत गरेका थिए । कुटपिट पछि घाइते भएका शाही उपचार पछि घर फर्कि सकेका छन् ।

डोजर मालिक समेत रहेका स्थानिय दिपेन्द्र शाहीलार्ई काम नदिएर बढि भन्दा बढि कमिसन खानकै लागि आफेले डोजर भाडामा ल्यएर बाटो खनेको भन्दै कुटपिट गरेको स्थानियको भनाई छ ।

विना स्टमेट सडक खन्नु परेपछि उपभोक्त समितिका अध्यक्ष भक्त बहादुर सिंहले काम गर्न समस्या परेको वताए । कसरी र कति सडक खन्ने भनेर आफुलाई मेसो नआएको र सडक निर्माणको काम रोकीएको उनले बताए । वडा अध्यक्षले आफ्नो डोजर प्रयोग गरी आफुखुसी सडक खनेपछि नगरपालिकाले भुक्तानी रोकिदिएको छ ।

स्टमेट र सम्झौता नगरी निर्माण गरिएको सडकको भुक्तानी दिन नसकिने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । वडा अध्यक्ष जस्तो मान्छेले आफै डोजर ल्याएर पैँसा कमाउन खोज्नु र उनिमाथी कुटपिट गरीनु राम्रो नभएको स्थानिय धन बहादुर शाहीको भनाई छ । सडक निर्माण गर्दा सहमति विना आफ्नो व्यक्तिगत जग्गाको रुख र सामुदायीक वन फडानी गरेको भन्दै मुद्धा हालेकी छिन् ।

पछिल्लो समय वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विभिन्न विकास निर्माणका नाममा मनपरी गर्न थालेको भन्दै स्थानियहरु आक्रोसीत भएका छन् । शाहिले आफ्नै जग्गामा वडा कार्यलय राख्न घडेरी समेत खनेको भन्दै स्थानियले विरोध गरेका छन् । वडा कार्यालयको लागि अध्यक्ष ज्युले आफ्नै जग्गामा घडेरी खनी सक्नु भएको छ स्थायिन वुद्धि शाहीले भने । आफ्नो व्यक्तिगत घडेरी खनेको हुँ, वडा कार्यालयको लागि होइन वडा अध्यक्ष शाहीको भनाई छ ।

वडा कार्यालयको लागि आफ्नै जग्गामा खनिएको घडेरी

ताजा समाचार