Loading... आजः बुधबार, कार्तिक १२, २०७७

निर्माण कम्पनिको बेवास्ताले बाटो अबरोध, आवतजावत गर्न समस्या


माघ १७, जाजरकोट । नलगाड नगरपालिकाको गैरेनि देखि बारेकोट गाउँपालिकाको लैखम सम्मको बाटो अबरोध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्ला सदरमुकाम देखि बारेकोट गाउँपालिका आवतजावत गर्ने प्रमुख बाटो अवरोध हुदा सर्वसाधारणले ठुलो समस्या भोग्नु परेको छ ।

राष्ट्रि गौरवको आयोजना ४१० मेगावाटको नलगाड हाईड्रोपावर कम्पनिको बाँधस्थल पहुँचमार्ग निर्माणकार्य भैरहँदा खसेको ढुँगा र माटोले बाटो पुरिदाँ आवतजावतमा समस्या परेको हो । नलगाड नगरपालिकाको खारा र गैरेनि भिरकोे ठुलो चट्टानलाई ब्लास्टिङ गर्ने क्रममा खसेको ढुंगा र माटोले बाटो अवरोध भएको छ ।

पावरहावस देखि बाँधस्थल सम्मा निर्मार्ण कम्पनिले बैकल्पीक बाटो नबनाउदाँ विषेश गरि वारेकोट गाउँपालिकाका सर्वसाधारण लाई निक्कै समस्या परेको छ । बाटो अवरोध हुँदा वारेकोटबासी एक वर्ष देखि नलगाड खोला किनारमा जोखिम मोलेर हिड्न बाध्य छन । स्थानियलाई घाँस, दाउरा गर्न पनि समस्या भएको छ ।

सडक संजालले नजोडेको बारेकोटमा पहँुचमार्ग निर्माणले बाटो अवरोध हुदाँ दैनिक उपभोग्य सामानको आपुर्तिमा समेत समस्या भएको छ । त्यहाँ घोडा, खच्चड मार्फत सामन ढुवानी गर्ने गरिन्थ्यो ।

अप्ठ्यारो भिरको बाटो खुट्टा टेक्ने ठाँउ नहुँदा डोरिमा झुन्डिएर यात्रागर्नुपर्ने बाध्यता रहेको छ । सम्बन्धित निकाय र पहुँचमार्ग निर्माणकम्पनिको बेवास्ताका कारण बाइपास नगर्दा बारेकोटबाँसिले सास्तीभोग्नु परेको हो । समयमै बाइपासको व्यवस्था नगरे अरु जोखिम बड्दै जाने स्थानियको भनाई छ ।

नलगाड हाइड्रोपावर पहँुचमार्ग निर्माणको सम्पुर्ण जिम्मा लामा÷खड्का कृष्ण÷गाल्भा जेभि कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको छ ।


ताजा समाचार