मतदाता भेट्न गाउँ पुगेकी सांसद खत्रीलाई स्थानियले गरे भव्य स्वागत (फोटो फिचर)

जाजरकोट । प्रदेशसभाकी सांसद कौशिलावति खत्री मतदालाई धन्यवाद दिन गाउँ पुगेकी छन् । नेकपा एमाले बाट ६ नम्बर प्रदेशमा समानुपातिक सांसद बन्नु भएकी खत्री मतदातालाई धन्यवाद दिदै गाउँ पुगेकी हुन् ।
आफुलाई अमुल्य भोट गरी सांसद बनाउने मतदालाई धन्यवाद दिदै भेटघाटमा व्यस्थ रहेको सांसद खत्रीले बताइन् । सांसदको सपथ ग्रहण गरे लगत्तै जिल्लाको छेडागाड नगरपालिकाका विभिन्नि गाउँमा मतदालाई भेटघाट गर्दै खुसि साटिरहेकी छिन् । आफ्नै घरदैलोमा सांसद भेटघाट गर्न पुगेपछि स्थानियहरु खुसि हुदै भव्य स्वागत गरेका छन् ।
मतदाताहरुले बाजा गाजा सहीत खत्रीलाई फुलमालाले भव्य स्वागत गरेका हुन् । छेडागाडका नगरपालिका थलह, बडावन, फुम्न, झाप्रा लगायतका गाउँमा बाजागाज र फुलमाला सहित गाउँ परिक्रममा गराएका छन् ।
आफ्नै वडाकी छोरीचेली सांसद बनेको देख्न पाउँदा खुसिको सिमा नरहेको ११ नम्बर वडाका वडा अध्यक्ष चक्र बहादुर सिहँले बताए । मतदाताहरु सँगको भेटघाटमा सांसद खत्रीले आफ्ना प्रतिवद्धताहरु पुरा गर्ने बाचा दिएकी छिन् ।