Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

बेटर बाँकेद्धारा सरसफाई तथा दिपप्रज्वलन

कोहलपुर । सहिद दिवसको अवसरमा कोहलपुरमा सरसफाई गरिएको छ । बेटर बाँकेको अगुवाईमा सरसफाई कार्यक्रम संचालन गरिएको हो । संस्थाको अगुवाईमा मंगलबार बिहान कोहलपुर एन.सि.सि.एन. देखि किरणनालासम्म सरसफाई गरिएको बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले जानकारी दिए ।

बिहान सरसफाई गरेको बेटर बाँकेले बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन समेत गरेको छ । जुनियर सेसिज कोहलपुरसँगका समन्वयमा कोहलपुर चौराहमा दिप प्रज्वलन गरिएको देवकोटाले जानकारी दिए ।

दिप प्रज्वलन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार