Loading... आजः आइतवार, कार्तिक १६, २०७७

सहिद दिवसको अवसरमा थलह बजार सरसफाई


जाजरकोट । शहिद दिवसको अवसरमा छेडागाड नगरपालिकाले बृृहत बजार सरसफाई गरेको छ  । नगरपालिकाको आयोजनामा जिल्लाको पस्चिममा रहेको महत्वपूर्ण थलह बजार सरसफाई गरिएको हो ।

नगर प्रमुख लालबहादुर महतराको अगुवाइमा थलह बजार सरसफाई गरिएको प्रमुखका सल्लाहकार मान बहादुर बुढाले जानकारी दिनु भयो ।

छेडागाड नगरपालिका लाई स्वच्छ, सफा र सुन्दर बनाउन सरसफाईको अभियान संचालन गरिएको सल्लाहकार बुढाले जानकारी दिनु भयो ।

यसले नगरबासीलाई स्वच्छता तथा सरसफाइ सम्बन्धि वानीको बिकास गर्ने नगर प्रमुख महतराले बिश्वास व्यक्त गर्नु भयो ।
प्रमुख सँगै वडा अध्यक्ष लगाएत स्थानीयको व्यापक सहभागीता थियो ।


ताजा समाचार