Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

प्रेस सेन्टरले मनायो आफ्नो स्थापना दिवस


बाँके । क्रान्तिकारी तथा प्रगतिशील पत्रकारहरुको आस्थाको संगठन प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिबस सेन्टरको बाँके शाखाले पनि मनाएको छ ।

सेन्टरको बाँके शाखाले सोमबार नेपालगञ्जमा रहेको आफ्नो कार्यालयमा सेन्टरका सम्पूर्ण पत्रकारहरका माझ केक काटेर सेन्टरको स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा, अनुशासन आयोगका केन्द्रीय सदस्य भीम रावत, प्रदेश नं. ५ का स–सचिव प्रदिप वाग्ले, बाँके शाखाका उपाध्यक्ष आलम खान लगायतले प्रेस सेन्टर स्थापना हुँदा यसले लिएको यसको मूल्य, मान्यता र मर्मलाई सेन्टरमा आवद्ध सबै पत्रकारहरुले आत्मसाथ गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस सेन्टर बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता र शाखा सचिव संगीन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।


ताजा समाचार