Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

जुनिचाँदेका दुई हजार बढि पशुपंक्षीको उपचार

रेशम बहादुर खडका
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा दुई हजार बढि पशुपन्छीलाइ निशुल्क उपचार गरिएको छ । जुनीचाँदे गाउँपालिका, पशुपन्छी बिकास शाखाको आयोजना तथा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक प्राबिधिक सहयोगमा आइतवार जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादहमा निशुल्क उपचार गरिएको जुनीचाँदे गाउँपालिका, पशुपन्छी बिकास प्रमुख कृष्ण बिकले जानकारि दिए ।

जाडो समयमा धेरै पशुपन्छीहरुमा निमोनिया नाम्ले जुका, क्रिना, उपिया जस्ता रोग बाट धेरै पशुपंक्षिहरुको क्षेतिहुने भएकोले एकदिने गाउँपालिका स्तरिय निशुल्क शिविर सञ्चालन गरिएको प्रमुख बिकले बताए । उता स्थानिय डिल्ली बहादुर खड्काले जाजरकोटको दुर्गम बस्तीमा क्षेत्रिय कार्यालयको प्रमुख सहितको प्राबिधिक र डाक्टरको टोलि लुहादहमा पुगि लुहादहमा रहेका पशुपंक्षिहरुको उपचार गरेकोमा गाउँ गाउँमा सिंह दरवारकाे महसुस गरेको स्थानिए खडकाले बताए ।

शिविरमा एक सय पशुपन्छीको नमुना परिक्षण्को लागि रगत सिँगान क्षेत्रिय पशु रोग अन्बेषण प्रयोग साला बिरेन्द्रनगर सुर्खेतमा लिइएको र एक हप्ता भित्र ल्याब टेस्ट गरि अन्तीम प्रतिबेदन सम्बन्धीत गाउँपालिकामा पेश गरि थप प्राबिधिक परिचालन गर्ने क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा कृष्ण राज पाण्डे बताए ।

जाजरकोटको जुनिचाँदेमा बिशेष गरि भेडा बाख्रामा निमुनिया नाम्ले जुका जस्ता आन्तरीक परजिवि, क्रिना उपाइ जस्ता बाहीरी परजिवि र बाँँझाेपन, कुपोषण जस्ता रोगको बढिमात्रा रहेको प्रमुख पाण्डेले बताए । उक्त शिबिरमा आन्तरिक तथा बाह्य परजिविको औषधी बितरण निमाेनिया लाइ सुई, कुपोषण भएकालाईश्वरीप्रसाद  भिटामिन दिएको डाक्टर जितेन्द्र श्रेष्ठले बताए ।

उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले जाजरकोट जिल्लामा पहिलो पटक आफुले गाउँपालिकामा क्षेत्रिय कार्यालयको ध्यानार्कषण गराएको र आफनो गाँउपालिका भित्र पशु क्षेत्रमा गम्बीर भई प्रयोगशाला बाट आएको प्रतिबेदन पछि बिशेष सभा बाट अगाडि बढाइ प्रत्यक ११ वटा वडामा निशुल्क पशु शिविर सञ्चालन गरिने बताए जुनिचाँदेमा पशु क्षेत्रमा सक्दो पहल गर्ने अध्यक्ष केसिले बताए ।

निशुल्क पशु स्वास्थ्य शिविर तथा नमुना संकलन तथा परिक्षण कार्यक्रम जुनीचाँदे गाउँपालिका, एक गाँउ एक प्राबिधिक पशु स्वास्थ्य प्राबिधिक लाल बहादुर गुरुङ वडा न ४ का जनप्रतिनिधि हरुको उपस्थीति रहेको थियो ।


ताजा समाचार