Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बुम रेमिट क्रिकेटकाे फाइनलमा बागेश्वरी र चन्द्र मेवालाल भिड्ने

काेहलपुर । काेहलपुरमा जारी बुम रेमिट जिल्ला स्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेलमा श्री चन्द्र मेवालाल स्कुल विजयी भएको छ ।

साेमबार सम्पन्न खेलमा चन्द्र मेवावालले तक्षशिला एकेडेमी लाई २ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हाे ।

टस जितेर पहिले ब्याटिङमा अाएकाे तक्षशिलाले निर्धारित २० अाेभरमा ५ विकेट गुमाउँदै  १ सय २१ रन बनायाे । जसका लागि साैजान अार.सि ले ३१ र सामन्त शाहीले ३० रन बनाए ।

मेवालालका विकास कुँवरले २ विकेट लिए। त्यस्तै, इम्रान अन्सारी र सकिब शेखले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङमा मेवालालले १६.४ अाैं अाेभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायाे। जसमा फिराेज अन्सारीले ४८ तथा सम्सुद्धिन अन्सारीले २४ रन जाेडे।

बलिङ तर्फ तक्षशिलाका सामन्त शाहि र लक्ष्मण सिंहले समान ३/३ विकेट हात पारे ।

उक्त खेेलकाेे प्लेयर अफ द म्याच फिराेज अन्सारी घाेषित भए ।

यहि अघि अाइतबार भएको पहिलो सेमिफाइनलमा बागेश्वरी एकेडेमीले त्रिभुवन माविलाई हराउदै फाइनलमा प्रवेश गरेको थियाे ।

फाइनल खेल बागेश्वरी एकेडेमी र चन्द्र मेवालाल स्कुल बिच मंगलबार हुने अायाेजक मध्य पश्चिम क्रिकेट क्लबले जनाएको छ ।


ताजा समाचार