Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

आइपीएलमा क्रिस गेलका खतरनाक रेकर्ड यस्ता छन्, जो कसैले तेड्न सकेका छैनन्


काठमाडौं । संसारका क्रिकेटप्रेमीहरुका लागि एक रोमाञ्चक र हेर्न लायक खेल मध्येमा लिइन्छ इन्डियन प्रिमियर लिग (आईपीएललाई) । यहाँ विश्वभरि (पाकिस्तान बाहेक)का उत्कृष्ट क्रिकेट खेलाडीहरुको सहभागिता रहन्छ । सन २००८ देखि सुरु भएको आईपीएलको ११ औं यसपाली हुँदैछ । ११ औ संस्मरणमा पहिलो पटक नेपालकातर्फबाट सन्दीप लामिछाने खेल्ने भएपछि नेपालका खेलप्रेमीलाई पनि थप चासोको विषय बनेको छ ।

एक समय आइपीएलमा सबैभन्दा बढी चर्चामा रहेका वेस्टिइन्डिजका आक्रामक व्याट्म्यान क्रिस्टोफर हेनरी गेल(क्रिस गेल) यसपाली आइपीएलमा बल्ल(तल्ल छनोटमा परेका छन् । अक्सनमा कसैले लिन रुचि नदेखाएका गेललाई उनको बेसिक मूल्य २ करोडमा प्रिति जिन्टाको टिम किंग्स ११ पञ्जाबले भित्र्याएको छ ।

२००८ देखि २०१० सम्म कोलकत्ता नाइट राइडरबाट खेलेका उनले २०११ देखि रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेल्दै आएका थिए । अन्तराष्ट्रिय क्रिकेटको टेस्ट, एक दिवसीय र टी–ट्वीन्टी म्याचमा थुप्रै रेकर्ड बनाएका गेलका आईपीएलमा पनि थुप्रै रेकर्ड छन् ।

२००८ देखि नै आईपीएलमा खेल्न थालेका क्रिस गेलका हालसम्मका आईपीएलका मुख्य ५ रेकर्ड यस्ता छन् ।

१.एउटै खेलमा सबैभन्दा बढी रन बनाउने
(१७५ रन (६६ बलमा) स् २०१३ मा आरसीबीबाट पुने वारियर्स्विरुद्ध)

२.सबैभन्दा छिटो शतक प्रहार गर्ने
(३० बलमा शतक २०१३ मा आरसीबीबाट पुने वारियर्स्विरुद्ध)

३.हालसम्म सबैभन्दा धेरै छक्का प्रहार गर्ने
(२६५ छक्का स् २००८ देखि २०१७ सम्म)

४.एउटै खेलमा सबैभन्दा बढी छक्का र चौका प्रहार गर्ने
(१३ चौका १७ छक्का) २०१३ मा आरसीबीबाट पुने पुने वारियर्स्विरुद्ध

५.सबैभन्दा धेरै शतक प्रहार गर्ने
५ शतक २००८ देखि २०१७ सम्म

स्रोत : अन्नपुर्णपोष्ट


ताजा समाचार