Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

रेविज नियन्त्रण गर्न ५७६ कुकुरलाई एन्टि रेविज भ्याक्सिन लगाइयो


माघ १५,जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा बौलाह स्यालले कुकुरलाई टोक्न थालेपछि कुकुरलाई एन्टि रेविज भ्याक्सिन लगाइएको छ । असोज महिना यता नगरपालिकाका वडा नम्बर १० र ११ मा दुई वटा बौलाह स्यालले गाउँ पसेर कुकुर तथा पशुवस्तु टोक्न थालेको छ । गत बर्ष नगरपालिककाका गाउँमा रेविज रोग फैलिएर कुकुर र पशुवस्तु मरेका थिए ।

बौलाह स्यालले कुकुर टोक्ने र रेविज रोग फैलीने गरेपछि रोग नियान्त्रण गर्न शिविरको आयोजना गरेको पशुविकास अधिकृत कपिल प्रशाद उपाध्यायले बताउनु भयो ।

शिविरमा ५ सय ७६ वटा कुकुरलाई एन्टि रेविज भ्याक्सिन लगाइएको उहाँले जानकारी दिनु भयो । छेडागाड नगरपालिका वडा नम्बर ११ मा बौलाह स्यालले टेकेका २८ वटा कुकुर र गाइवस्तुलाई उपाचार गरिएको छ । रेविज रोग नियान्त्रण गर्न थलह बजारमा नगरपालिकाको कृषि तथा पशुपंक्षी विकास शाखाले निशुल्क एक दिने शिविर सँचालन गरेको हो ।


ताजा समाचार