Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

कर्मचारी अभावले विद्युत जोड्नमा समस्या

जाजरकोट । जाजरकोटमा केन्द्रीय विद्युत प्रशारण लाइन कर्मचारी अभावले जोडनमा समस्या देखिएको छ ।

सागंट रिसागं खोला लघु जल विद्युत आयोजनाको भरमा हाल सम्म जाजरकोट सदमुखकाम खलंगामा आत्म निर्भर रहेर चलिरहेको थियो । गत माघ ९ गते देखि सदरमुकाम खलंगा आसपासमा जडानको काम थालनि गरेता पनि कर्मचारि नहुदा कामले निरन्तरता नपाएको जाजरकोटका स्थानिय हरुको गुनासो रहेको छ । कहिले तल्लो लाइन कहिले माथिल्लो लाइन काट्ने र जडानमा ढिला सुस्ती गरेको भन्दै स्थानिय बासि उद्योगि ब्यापारि ले समेत आक्रोसित भएका छन ।

साथै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय जाजरकोट प्रमुख लोक बहादुर खडकाले जाजरकोटमा हाल सम्म ३०४ ओटा मात्र विद्युत ट्रान्समिटर बितरण भएकोले जडान कार्य अगाडि बढेको बताए । केन्द्रले हाल जाजरकोटको लागि कर्मचारि रुपमा आफु एकलै लाइ मात्र अहिले खटाएकोले हाल लेखापालको टुङगो लागेकोले थप कर्मचारि पदपुर्तिको लागि आफु लागि परेको खड्काले बताए हाल जाजरकोमा सुर्खेत बाट कर्मचारि परिचालन गरि काम अगाडि बढाएको खड्काले बताए ।

नेपाल विद्युत प्राधिकरणको जाजकोट शाखाले गत ९ गते देखि जडान शुरु गरे पछि वोहरागाँउमा वत्ति वलेको छ । सो क्षेत्रमा विद्युत सूचारु गराउने सवै जिम्मा सागंट लघु रिसागं खोला जल विद्युत आयोजना समितिले मंगलवार वाटै केन्द्रिय प्रसारणको टिमलाई जिम्मा छोडेको थियो । केहि चरणमा सवैले वत्ति वाल्न पाउने गरि क्षेत्र निर्धारण गरि एकै पटक उपभोक्तालाई जडान गर्न नसकिने भएकोले एरिया अनुशार लाइन काट्ने र सो क्षेत्रमा नया लाइन जडान गर्ने गरिक काम भैरहेको प्रमुख खडकाले बताए ।


ताजा समाचार