Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

त्रिविद्वारा बागेश्वरी क्याम्पसको सर्वेक्षण

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा अध्ययनरत प्राध्यापक र स्नातत्तोर तहमा अध्ययनरत विद्यार्थीहरु बिचमा त्रिभुवन विश्वविद्यालयले सर्वेक्षण गरिएको छ ।

क्याम्पसमा अध्यापन गराउँदा, अध्ययान गर्दा कतिको सन्तुष्टी, क्याम्पस प्रशासनको व्यवस्थापन, पढाइको अवस्था, क्याम्पसको भौतिक अवस्था, शैक्षिक अवस्था लगायत अन्य सेवा सुविधाहरुको बारेमा डा. बामदेव सिग्देल, अनुसन्धानकर्ता श्रीप्रसाद तिमिल्सेनाले आईतबार बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा सर्वेक्षण गरेका हुन् ।

बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको भौतिक र शैक्षिक विकास कस्तो भएको छ भनि विश्वविद्यालय अनुदान आयोगका लागि सर्वेक्षण गरिएको डा. बामदेव सिग्देलले बताए । ‘सर्वेक्षण गरी सके पछि क्याम्पसको अवस्था कस्तो छ भने कुरा विश्वविद्यालय अनुदान आयोगलाई जानकारी हुन्छ र त्यही अनुसारको आयोगले सहयोग गर्छ’ उनले भने ‘त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई विश्वविद्यालय अनुदान आयोग अनुदान दिँदै आएकोले क्याम्पसको आवश्यकता अनुसार सहयोग गर्छ ।’

विश्वविद्यालय अनुदान आयोगका विभिन्न कार्यक्रमहरुमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको सहभागिता भएकाले आगामि दिनहरुमा पनि वश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसलाई सहयोग प्राप्त हुने विश्वास रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताएका छन् । विश्वविद्यालयबाट भएको सर्वेक्षणले क्याम्पसको शैक्षिक र भौतिक विकासमा सहयोग पुग्ने भन्दै यस्ता सर्वेक्षण समय समयमा गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसमा भएमका सेवा र सुविधाका बारेमा सर्वेक्षण गरिएको अनुसन्धानकर्ता श्रीप्रसाद तिमिल्सेनाले बताएका छन् । साथै उनले दुई तह महत्व र सन्तुष्टीको तहमा विभाजनज गरी विद्यालयमा भएका सम्पूर्ण गतिविधिहरुको महत्व र उक्त गतिविधिहरुबाट विद्यार्थी र शिक्षकहरु कतिको सन्तुष्ट भएका छन् भनि सर्वेक्षण गरिएको छ ।

सो सर्वेक्षण कार्यक्रममा सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारी, प्राध्यापकद्वय टेकेन्द्र महतारा, पुष्प रिजाल, खोपिराम वली, एकराज शर्मा लगायत स्नातत्तोर तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार