Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

सभासद गहतराजद्धारा भेरी बबई डाईभर्सनको निरिक्षण

बाँके । बाँके क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको अवलोकन तथा निरिक्षण गरेका छन । आईतबार अखिल क्रान्तीकारीका निवर्तमान केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, प्रेस सेन्टर बाँकेका सचिव संगिन शर्मा सहीत परियोजना निर्माणस्थल पुगेका अथकले परियोजनाका बारेमा जानकारी लिएका थिए ।

राष्ट्रिय गौरवको रुपमा हेरिएको परियोजना मार्फत यस क्षेत्रले विकासको अनुभुती गर्नेगरी काम भईरहेको भन्दै साँसद अथकले खुसी ब्यक्त गरेका छन । उनले निर्धारित अवधिमै परियोजना सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडी बढाउन निर्देशन समेत दिएका छन ।

अन्तर–जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो परियोजना हो । बबईदेखी सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तीखालसम्म सुरुङ खन्ने काम तिब्र गतिमा चलिरहेको परियोजनाका ढलान विशेषज्ञ जगदिश सिंह श्रेष्ठले जानकारी दिए ।

अत्याधुनिक प्रविधि भित्राएर सुरुङ खन्ने काम भईरहेको श्रेष्ठले बताए । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । दैनिक २० मिटरका दरले हाल करिव १७ सय मिटर सुरुङ खनीसकेको श्रेष्ठले जानकारी दिए ।


ताजा समाचार