Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बुम रेमिट क्रिकेटमा चन्द्रमेवालाल स्कुलको जित

कोहलपुर  । बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा चन्द्रमेवालाल स्कुल ८६ रनले बिजयी भएको छ ।

टस जितेर सेन्ट थोमसका बिरुद्ध पहिले मैदानमा उत्रिएको मेवालालले ५ विकेटको क्षतीमा १ सय ५९ रनको योगफल तयार पारेको थियो । ठुलो स्कोर खडा गर्ने क्रममा मेवालालका खेलाडी ईम्तीयाज अन्सारीले ४७, अफताव अन्सारीले ३७ तथा फिरोज
अन्सारीले २१ रन जोडेका थिए ।

१ सय ६० रनको ठुलो लक्ष्य पछ्याएको सेन्ट थोमसले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमै समेटीएको थियो । सेन्टलाई सस्तैमा समेट्ने क्रममा मेवालालका अफताव अन्सारी र मोनिस राईले समान २/२ विकेट लिएका थिए ।
प्रगितोगिताको म्यमन अफ द म्याच मेवालालका खेलाडी अफताव अन्सारी घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार मौसम खराबीका कारण तक्षशिला एकेडेमी र आइडीयल पब्लिक बिचको खेल प्रभावित भएको
थियो । उक्त खेल आज खेलाईने आयोजकले जनाएको छ ।

आगामी १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आज आईडल पब्लीक स्कुल र तक्षशिला एकेडेमीबिच पहिलो खेल हुने छ भने दोस्रो खेलमा श्रीचन्द्र मेवालाल स्कुलले नेपालगन्जको थोमस स्कुलको सामना गर्ने आयोजक मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगितामा  बिजयी हुने टिमले २१ हजार तथा उप–विजेताले ११ हजार नगद प्राप्त गर्ने छ ।


ताजा समाचार