Loading... आजः शनिबार, अशोज २, २०७८

जाडोका कारण किर्गिस्तानमा १५ जनाको मृत्यु

एजेन्सी
जाडो मौसम र अत्यधिक चिसोका कारण किर्गिस्तानको राजधानीमा १५ जनाको मृत्यु भएको छ।

जनवरी महिनाभरीमा मृत्यु भएका ती सबै जना घरबिहीन नागरिक रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन्। शरीरको ताप एक्कासी कम हुने समस्याका कारण उनीहरूको मृत्यु भएको पत्ता लागेको छ।

घरबिहीन नागरिकलाई सहयोगका लागि बिस्केकमा चार वटा शिविर स्थापना गरिएका छन्। ती शिविरहरूमा तातो खानेकुरा र प्रत्येक दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको छ ।

प्रहरीले राजधानी शहर बिस्केकमा २३९ जना मानिस घरबिहीन रहेको पाइएको जनाएको छ। किर्गिस्तानमा यही जनवरी २६ देखि २९ सम्म अत्यधिक जाडोले सताउने पूर्वानुमान गरिएको छ। साथै चिसोबाट जोगिन उच्च सतर्कता अप्नाउन पनि आह्वान गरिएको छ।

किर्गिस्तानको वायुको तापक्रम रातिमा माइनस २५ डिग्री सेल्सियस र दिउँसोमा माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।


ताजा समाचार