Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

पट्याउन मिल्ने ल्यापटप

चिनियाँ कम्पनी लेनोभोले चाँडै नै विश्व बजारमा पट्याउन मिल्ने ल्यापटप ल्याउने भएको छ । प्रविधि विशेषज्ञहरूका अनुसार अमेरिकाको न्युयोर्कमा हालै भएको एउटा आयोजनमा कम्पनीले आफ्नो स्वप्न परियोजना बारे खुलासा गरेको छ ।

यो कम्प्युटरको स्क्रीनलाई प्रयोगकर्ताले आफ्नो सुविधा अनुसार दोब्र्याउन सक्ने बताइएको छ । यसले गर्दा प्रयोगकर्तालाई यसको प्रयोगका दौरान मात्र सुविधा हुने छैन बल्कि यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान समेत सजिलो हुने भएको छ ।

हालसम्मका ल्यापटपमा किबोर्ड र स्क्रीनबिचको जोडनेरबाट मात्रै मोड्न सकिन्छ तर यस प्रकारको डिभाइस उपलब्ध भएपछि यसमा स्क्रीनलाई नै चाहेको आकारमा मोड्न सकिने भएको छ ।

प्रविधि विशेषज्ञहरूका अनुसार यो आफैंमा एक्लो मात्र यस प्रकारको खुबी भएको ल्यापटप हुनेछ तर कम्पनीले कहिलेसम्म यसलाई बजारमा उतारिसक्ने बारे भने अझै मुख खोलेको छैन । तर यसको मुल्य भने दरिलै राख्ने कम्पनीको मनसाय रहेको समाचारहरूले जनाएका छन् ।

यसका साथै अबको केही वर्षपछि हाल चलनचल्तीमा रहेका परम्परागत किबोर्डहरूलाई दोब्र्याउन मिल्ने ९फोल्डेबल० किबोर्डहरूले विस्थापित्त गरिसक्ने छन् । एउटा चिनिया कम्पनीले रुमालजस्तै पट्याएर गोजीमा राख्न मिल्ने किबोर्ड बनाउन आफु सफल रहेको जानेको छ ।

यसलाई केबुल या ब्लुटुथको माध्यमले स्मर्त्फों, ट्याब्लेट, कम्प्युटर या स्मार्ट टिभीसँग जोड्न सकिने जनाइएको छ ।


ताजा समाचार