Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

प्रदेशको मन्त्रालय र ठूला कार्यालय मुख्य शहरमै राखिनेछ : प्रचण्ड

नेपालगञ्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रादेशिक राजधानी जहाँ भए पनि प्रादेशिक मन्त्रालय तथा ठूला सरकारी कार्यालयहरु प्रमुख शहरहरुमा राखेर सबै क्षेत्रको विकासलाई अगाडि बढाइने बताएका छन्।

प्रादेशिक राजधानीको माग गर्दै भइरहेका आन्दोलन र स्थनीय जनताको भावनालाई सम्बोधन गर्न प्रमुख शहरहरुमा भएका क्षेत्रीय स्तरका सरकारी कार्यालयहरु अन्यत्र नसार्ने र नयाँ कार्यालयहरु र प्रादेशिक मन्त्रालयहरु प्रमुख शहरहरुमा राखिने अध्यक्ष दाहालले बताए।

नेपालगञ्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालगञ्जलाई औद्योगिक शहरको रुपमा विकसित गरिने बताए। नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र अन्य पूर्वाधार विकास गरेर नेपालगञ्जको विकासमा तीव्रता दिनुपर्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिका लागि स्थायी सरकार आवश्यक रहेको बताउँदै अब बन्ने सरकारको मुख्य एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिइन्।

माघ २२ गतेसम्म चल्ने महोत्सवमा २ सय ६० वटा व्यावसायिक स्टलका साथै कृषि, जडिबुटी लगायतका गरी ३ सय २१ स्टल छन्।

करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोडभन्दा बढी रकम बचत हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको अनुमान छ।


ताजा समाचार