Loading... आजः बुधबार, कार्तिक ५, २०७७

डिभिजन टू खेल्ने नेपाली टोलीको घोषणा

काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपाली टोलीको घोषणा भएको छ ।

यही माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १४ नियमित र ४ बैकल्पिक सहित १८ खेलाडीको घोषणा गरिएको हो।

युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।

यस्तै अनिल पनि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नुअघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएका थिएनन्।

आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित टिमले नेपाली खेलाडीको नामावली घोषणा गरेको हो।

नेपाली टिम शनिबार बैदेशिक प्रशिक्षणका लागि संयुक्त अरव इमिरेट्स युएई जानेछ। तीन अभ्यास खेलपछि नेपाली टोली त्यहीँबाट नामिविया प्रस्तान गर्नेछ ।

आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन टुको शीर्ष दुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ।

डिभिजन टुमा नेपाल र नामिवियासहित युएई, क्यानडा, ओमान र केन्या छन्। नेपाली टिमले आज अन्तिम प्रशिक्षण गरेको छ ।

नेपाली टोली

पारस खड्का – कप्तान
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दीलिप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी

सुनिल धमला
ललित राजवंशी
सिद्धार्थ लोहनी
किशोर महतो


ताजा समाचार