Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बुम रेमिट क्रिकेटको तेस्रो दिन आईडल पब्लीक बिजयी

कोहलपुर । बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न खेलमा आईडल पब्लीक स्कुल बिजयी भएको छ ।

यहि ९ गतेबाट कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता तेस्रो दिन आईडल माबिले आदर्श उच्च मावि नेपालगञ्जलाई ४१ रन अन्तरले पराजित गरेको हो ।
टस जितेर ब्याटिङकालागी पहिले मैदानमा उत्रिएको आईडल माविले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । जसकालागी समिर शाहाले २२, सोयब मल्लीक अन्सारीले १४ तथा नुहान कुरौसीले १३ रनको योगदान गरेका थिए ।

बिस्फोटक पारी खेलेको आईडललाई रोक्ने क्रममा आदर्श मा.वि.का बलर अशोक रावलले ह्याट्रिक गरेका थिए भने राजेश खड्का र जनक एडीले २ विकेट लिएका थिए ।

१ सय ३१ रनको  लक्ष्य पछ्याएको आदर्श मा.वि. का खेलाडी रोशन घिमिरे (३५) तथा अशोक रावल (१०) बाहेकका खेलाडी क्रिजमा जम्न नसक्दा नतिजा आईडलको पक्षमा गएको थियो । आदर्शलाई ८९ रनमै सिमित गराउने क्रममा आईडलका बलरहरु नुमन कुरौसीले ह्याट्रिक गर्दै ४ विकेट लिएका थिए भने मकबाल र असिफ अन्सारीले २/२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच नुमन कुरैसी घोषित भए ।

आगामी १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत शुक्रबार सगरमाथा ज्ञानपुञ्ज र वागेश्वरी एकेडेमी (ए) बिच प्रतिस्प्रर्धा हुने प्रतियोगिता निर्देशक लेखबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा बिजयी हुनेलाई २१ हजार तथा उप–विजेतालाई ११ हजार सहित ट्रफीबाट पुरस्कृत गरिने प्रतियोगिता आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।


ताजा समाचार