Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

बुम रेमिट क्रिकेटमा सगरमाथा ज्ञानपुञ्ज र श्री चन्द्र मेवालाल विजयी

कोहलपुर । कोहलपुरमा जारि जिल्ला स्तरिय बुम रेमिट छात्र क्रिकेट प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलहरुमा सगरमाथा ज्ञानपुञ्ज र श्री चन्द्र मेवालाल स्कुल नेपालगञ्ज बिजय भएका छन ।

बुधबार सम्पन्न भएको पहिलो खेलमा सगरमाथा ज्ञानपुञ्ज कोहलपुरले बागेश्वरी एकेडेमि बि कोहलपुरलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय २६ रन बनाएको थियो । जसका लागि गोपाल जिसिले ४१ रन र दिनेश पुरिले ३२ रन बनाएका थिए । बलिङमा बागेश्वरीका नविन भट्टले ४ विकेट लिएका थिए ।

१ सय २७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको बागेश्वरीले १३ ओभर १ बलमा पुरै विकेट गुमाउदै ८६ रन बनाउन सक्यो । जसका लागि धिरेन्द्र बमले २५ रन र सन्दिप शाहीले २१ रन बनाए । विकेट लिने क्रममा सगरमाथाका गगन शाहीले ३ र दिनेश पुरि तथा उमेश बुढाले समान २/२ विकेट हात पारेका थिए ।

सो खेलको प्यलेर अफ द म्याद सगरमाथाका दिनेश पुरि घोषित भए ।

बुधबार नै सम्पन्न भएको दोस्रो खेलमा श्री चन्द्र मेवालाल स्कुल नेपालगंञ्जले मोर्डन पब्लिक स्कुल नेपालगञ्ज लाइ ४९ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मेवालालले निर्धारित २० ओभरको खेलमा १६ ओभर खेलेर पुरै विकेट गुमाउदै १ सय ३० रन बनाएको थियो । जसका लागी फिरोज अन्सारीले ३५, कमरुधीन अन्सारीले २४ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ मोर्डनका सुमित दाहालले ४ विकेट हात पारेका थिए ।

१ सय ३१ रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको मोर्डनले ८ विकेट गुमाउदै ८१ रन मात्र बनाउन सक्यो । जसका लागि अमन थापाले १७ र क्षितीज सिंहले १३ रन बनाएका थिए । विकेट लिने क्रम्मा मेवालालका इम्रान अन्सारिले तिन विकेट लिन सफल भए ।

उक्त खेलको प्लेयर अफ द म्याच मेवालालका इम्रान अन्सारि घोषीत भए ।

प्रतियोगिता अन्तरगत बिहिवार हुने पहिलो खेल त्रिभुवन माबि कोहलपुर र एबिसि स्कुल बिच तथा दोस्रो खेल आइडिएल पब्लिक नेपालगञ्ज र आदर्श मावि नेपालगञ्ज बिचहुने आयोजकले जनाएको छ ।


ताजा समाचार