Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

अनुमती विना शाखा सञ्चालनमा, प्राविधिक शिक्षाको नाममा ठगी

जाजरकोट । प्राविधिक शिक्षा अध्यापन गराउने भन्दै जाजरकोटमा अनुमती नलिएर अवैध रुपमा कक्षा सञ्चालन भएको छ ।

उद्यम विकास सहजकर्ता अध्ययन गराउने भन्दै सामाना मल्टी स्कील प्रालिले अवैद्य रुपमा यहाँ कक्षा सञ्चालन भईरहेको हो । दाङ कार्यालय रहेको प्रालीले जाजरकोटमा उद्यम विकास सहजकर्ता भदौ देखि सुरु गरेको थियो ।  कुनै पनी इन्स्टीच्युटले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् वाट कुन ठाँउमा चलाउनको लागि समवन्धन प्राप्त गरेको हुन्छ त्यहा मात्र कक्षा सञ्चालन गर्न पाइन्छ तर सामाना मल्टी स्कील प्रालिले दाङवाट समवन्धन लिएर जाजरकोटमा शाखा भनी कक्षा सञ्चालन गरिरहेको स्थानीयको भनाई छ । भित्र कक्षा सञ्चालन गरीरहेपनि कार्यालय रहेको ठाँउ मा नत कुनै वोर्ड छ न त सम्पर्क नम्वर यसले पनि थाहा हुन्छ की सो ठगी गर्नका लागि नै हो एक स्थानीयले नाम नवताउने सत्रमा भने । प्राविधिक शिक्षाको नाममा ठगी रहेको छ ।

प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् स्तर निर्धारण महाशाखाले २०७४/०८/२६ गतेसुचना निकाली सम्बन्धीत जिल्लाले मात्र प्राबिधिक शिक्षालय सञ्चालन गर्न पाउने र अन्य स्थानमा शाखा कार्यालय सञ्चालन नपाइने सुचना जारी गरिसकेको छ । तर जाजरकोटमा भने कक्षा सञ्चालन भइरहेको छ । सञ्चालन गरेको पाएमा प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको नियमावली २०५१ बमोजिम कारबाहि हुने सुचनामा उल्लेख गरिएको छ । हाल सम्म प्रालिले आफ्नो कार्यलय रहेको सुचना पाटी समेत राखेको छैन । प्रालिका सञ्चालक टिका बुढाथोकिले दाङ जिल्लामा सञ्चालन गर्न अनुमती पाएको वताइन् । जाजरकोटमा परिक्षार्थि OJT को लागि पठाएको बताइन ।

परिक्षा दाङमै हुने र हाल जाजरकोटमा १ महिन मात्र पठन पाठन हुने वताईन् तर बिद्यार्थी भने जाजरकोट मा नै परिक्षा हुने र पढाई हुने भन्दै भर्ना भएको वताउछन् । २०७३ मा एस ई ई मा सहभागी भएका विद्यार्थी अध्ययन गरिरहेका छन् । यता प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद.(सिटीईभिटी ) क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले देश भरि यस्ता गतिबिधी बढदै गएको वताए । अहिले प्रत्येक जिल्लामा छानबिन गरिरहेको वताए ।

अव केही दीनमा यस्ता समस्या बन्द हुने उनको भनाई छ । यस क्षेत्रका सबै जिल्लाको अनुगमन भइरहेकाले अनुगमन पश्चात दोषी भेटीए अनुमती नभएका र शाखाका रुपमा सञ्चालन गरिएका इन्स्टीच्युटलाई कारवाही गरिने वताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले यस्ता गतिविधि भएको जानकारी नभएको वताए । कसैले उजुरी दिए छानविन गरि तत्काल कारवाही गर्ने वताए । जनताका छोरा छोरी लाई प्राविधिक शिक्षाको नाममा ठगी गर्ने जो सुकैलाई पनि नछोड्ने शाहीको भनाई छ ।


ताजा समाचार