Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कोहलपुरमा जिल्लास्तरीय ‘बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता’ सुरु

कोहलपुर । बाँकेको कोहलपुरमा जिल्लास्तरीय ‘बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको हाे।

कोहलपुर नगरपालिकाकी उप-मेयर सन्जु कुमारी चौधरी र लाईन्स क्लब ईन्टरनेशनल ३ सय २५ बि टु नेपालका डिस्ट्रक गर्भनर माधुसुधन शर्माले संयुक्त रुपमा ब्याटिङ र बलिङ गरी प्रतियोेगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उपमेयर चौधरीले नगरपाकिलाले क्रिकेटलाई  उच्च प्राथमिकतामा राखिएको र छिट्टै महिला क्रिकेटको लागि सहयोग गर्ने प्रतिवद्वता जनाईन् । साथै उनले सबैको सहयोग पाए क्रिकेट खेलले कोहलपुरमा छोटो समयमा नै फड्को मार्ने विश्वास व्यक्त गरिन् ।

उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् नेपालगञ्जका क्रिकेट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मातृका सापकोटा, एन प्याव्सन प्रदेश नं. ५ का सदस्य कमल पछााई, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, मध्य पश्चिम क्रिकेट क्लबका संस्थापक अध्यक्ष पवन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन नेपाल क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान एल बि क्षेत्रीले गरेका थिए भने स्वागत मन्तव्य क्लबका संस्थापक अध्यक्ष पवन शर्माले राखेका थिए ।

यसै बिच मंगलबार सम्पन्न उद्घाटन खेलमा सेन्ट थोमस नेपालगञ्जले नोबेल स्कुल कोहलपुरलाई ३३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट थोमसले निधारित २० ओभरको खेलमा पुरै विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।

जसका लागि सुरेन्द्र शाहीले ३५ रन, सुभाष कटवालले १९ रन र उमेश शाहीले १८ रन बनाएका थिए भने नोबेल स्कुलका विनायक विसीले ३ र भुपेन्द्र सिंंहले २ विकेट लिएका थिए ।

१ सय २६ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको नोबेल स्कुलले १३ ओभर १ बलमा पुरै विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । ९२ रन बनाउने क्रममा विशाल खनाल र पवन रेग्मीले १३–१३ रनको योगदान दिएका थिए । नोबेलको ब्याटिङ क्रम धोस्त पार्ने क्रममा सेन्ट थोमसका प्रवल शर्माले ५ विकेट र भुपेन्द्र बिसीले ४ विकेट लिएका थिए ।

सो खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका सेन्ट थोमसका प्रवल शर्मा घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेल बागेश्वरी एकेडेमी ‘बी’ र सगरमाथा ज्ञानपुञ्ज बिच तथा दोस्रो खेल श्रीचन्द्र मेवालाल र मोर्डन पब्लिक स्कुल नेपालगञ्ज बिच हुने आयोजकले जनाएको छ ।


ताजा समाचार