माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेद्वारको टुंगो लगायो, यी हुन् उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टूंगो लगाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनुसार १४ सिट भाग परेको छ ।
६ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि जाजरकोटका कालीबहादुर मल्ल उम्मेदवार हुनु भएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मल्ल खुल्लाबाट उम्मेदवार बन्नु भएको हो ।
माओवादी केन्द्रको सात प्रदेशका इन्चार्जसहितको शीर्ष नेताहरुको सोमबारको बैठकले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादललाई उम्मेदवारको नाम छनोट गर्ने जिम्मा दिएको थियो ।
प्रदेश नं १
१. बीना पोखरेल (महिला)
प्रदेश नं २
२. शशिकला दाहाल (महिला)
३. टुङ्गो लगाउन बाँकी
प्रदेश नं ३
४. रामबहादुर थापा ‘बादल’ (खुला)
५. गंगा पराजुली (महिला)
प्रदेश नं ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बि.क (दलित)
प्रदेश नं ५
८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
९. चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं ६
१०. जीवन बुढा (अल्पसंख्यक र अपाङ्ग)
११. युटुल लामा (महिला)
१२. कालीबहादुर मल्ल (खुल्ला) जाजरकोट
प्रदेश नं ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)