Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

भैरवसुन्दर श्रेष्ठ सहित यस्ता छन् प्रदेश ५,६ र ७ का राष्ट्रिसभा उम्मेदवार


जाजरकोट । मुलुकको प्रमुख राजनीतिक दल नेकपा एमालेले ३ वटा प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ । एमाले स्थायी समिति बैठकले सोमबार प्रदेश नम्बर ५, ६ र ७ को उम्मेदवार टुंगो लगाएको हो । राष्ट्रिसभामा प्रदेश ६ बाट एमाले जाजरकोटका संस्थापक तथा केन्द्रिय सदस्य भैरव सुन्दर श्रेष्ठ खुल्ला तर्फको उम्मेदवार बन्नु भएको छ ।

जाजरकोटमा एमालेको संगठन निर्माणमा श्रेष्ठको महत्वपुर्ण भुमिका रहेको छ । १० बर्षे माओवादी युद्धमा समेत पार्टीलाई जिल्लामा क्रियाशिल बनाउनु भएका श्रेष्ठ पुर्व जिल्ला विकास समितिका सभापती हो ।

जिल्ला इन्चार्ज समेत रहनु भएका श्रेष्ठ नेतृत्वमा एमालेले सम्पन्न स्थानिय निकायको चुनावमा दुई नगरपालिका र एक गाउँपालिका जित्दै जाजरकोटमा पहिलो दल समेत  बनेको छ ।

राष्ट्रिय सभाका अन्य उम्मेदवार स्थायी समितिको मंगलबार बस्ने बैठकले टुग्याउने एमालेले जनाएको छ ।

प्रदेश नम्बर ५

रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

खिमलाल भट्टराई (खुला), रुपन्देही

मीना बुढा (महिला), रोल्पा

कोमल वली (महिला) दाङ

प्रदेश नम्बर ६

कविता बोगटी (महिला) हुम्ला

नन्दा शर्मा (महिला) सुर्खेत

नरपति लोहार (दलित), कालिकोट

भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट

ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नम्बर ७

कमला ओली (महिला) कैलाली

इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर

शेरबहादुर कुँवर (खुला) अछाम

चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा


ताजा समाचार