Loading... आजः शुक्रबार, अशोज १, २०७८

वामपन्थीको सरकार बने यातायात क्षेत्रका समस्यालाई सम्वोधन गर्छ : भट्ट

 

काेहलपुर । यही माघ १७ देखी १९ गते चितवनमा हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक समावेशी समूहको अध्यक्षसहितको नेतृत्व व्यवसायीहरुसँग भोट माग्न कोहलपुर आइपुगेको छ ।

कोहलपुरमा सोमबार सम्पन्न भएको प्रदेश नम्बर ६ र ७ का यातायात व्यवसायीहरुको भेलालाई लोकतान्त्रिक समावेशी समूहको नेतृत्वले राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी तथा महाधिवेशनमा आफ्नो समूहलाई विजयी गराउन बनाइएका योजनाहरुको बारेमा समेत छलफल गरेको सो समूहका महासचिवका उम्मेदवार पुण्य प्रसाद (सरोज) सिटौलाले बताए ।

 

यातायात व्यवसायीहरुको सो भेलालाई सम्वोधन गर्न प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं यातायात फ्याक्सनका संयोजक लेखराज भट्ट पुगेका थिए ।

भट्टले भेलालाई सम्वोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टिमले तत्काल आफ्ना सबै उम्मेदवारहरुको नामावली घोषणा गरी अगाडि बढ्नु पर्ने बताउँदै यातायात व्यवसायीहरुको राष्ट्रिय महाधिवेशनबाट यातायात क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्याका बारेमा स्पष्ट नीति र योजना बनाएर अघि बढ्नु पर्ने सुझाव दिए । भट्टले भने, ‘नेपालमा अब वामपन्थीहरुको स्थिर सरकार बन्ने र यसले यातायात क्षेत्रका समस्यालाई राम्रोसँग सम्वोधन गर्नेछ, उनले थपे, समस्याको पहिचान नभई त्यसको समाधान खोज्न सकिदैन, त्यसैले तपाइँहरुको महाधिवेशनबाट आफ्नो व्यवसाय समस्याको बारेमा स्पष्ट भई आउनुहोला ।’

त्यस्तै सो समूहका नेता युवा यातायात व्यवसायी, वर्तमान कार्यवाहक अध्यक्ष समेत रहेका डोलनाथ खनालले आफूले एक दशकदेखि यातायात क्षेत्रको समस्यालाई नजिकबाट पहिचान गर्ने अवसर पाएको र अब नेतृत्व गरेर ती समस्याहरुलाई नीतिगत तथा व्यवहारिक रुपमा समाधान गर्न सक्ने ठाउँसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
उनले थपे, ‘त्यसको निम्ति तपाइँ व्यवसायी मित्रहरुले म लगायत मेरो नेतृत्वमा रहेको पुरै टिमलाई भोट दिएर विजयी गराउनुहोला ।’


ताजा समाचार