Loading... आजः शनिबार, कार्तिक ८, २०७७

अतिक्रमण गरि स्टलहरु निर्माण नगर्न अनेरास्ववियुकाे माग

काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले बाटो अतिक्रमण गरि महोत्सव लगाउन थालेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ध्यानाकर्षण भएको जनाइको छ ।

यहि माघ २६ गतेबाट कोहलपुरको न्यूरोड छेउको खालि ठाँउमा संघले कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव आयोजना गर्दै छ । महोत्सवका लागि संघले न्यूरोडको उत्तर तर्फको बाटो अतिक्रमित गरि स्टलहरु निर्माण गरिरहेको भन्दै नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सोमवार प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाइको हो ।

विज्ञप्तिमा भनिएको छ, “मेला र महोत्सवका नाममा सडक अतिक्रमित गरेर सामान्य नागरिकलाइ दुःख दिएर व्यापार संघले के गर्न खोजेको हो । संघले दादागिरि शैलिमा अतिक्रमण गरिएको सडक खालि नगराएमा अनेरास्ववियू चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनि समेत विज्ञप्तिमा अल्लेख गरिएको छ ।


ताजा समाचार