Loading... आजः शनिबार, मंसिर ११, २०७८

NCSS को काम ऐतिहासिक : पारस खड्का

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले विश्वकप क्रिकेट खेलेर नेपाल फर्किएको नेत्रहिन नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ ।

हवाइजहाजको टिकट काटेर दुवईबाट खेलाडीलाई नेपाल ल्याएको एनसिएसएसले आज त्रिबि क्रिकेट मैदानमा विशेष कार्यक्रम गरेर सम्मान गरेको हो । जहाजको टिकट काट्ने पैसा नभएर बस र रेलमार्फत विश्वकप क्रिकेट खेल्न नेपाली नेत्रहिन टोली पाकिस्तान पुगेको समाचार सार्वजनिक भएपछि एनसिएसएसले सहयोग अभियान सुरु गरेको थियो ।

एनसिएसएले १५ दिनमा ७ लाख ८७ह जार रुपैयाँ संकलन गरेको छ । उठेको रकममध्ये ३ लाख १९ हजार रुपैयाँखर्च गरेर खेलाडी तथा अफिसियल सहित २२ जनालाई दुवईदेखि काठमाडौंको टिकट खरिद गरिएको एनसिएसएसका प्रमुख भानु सिग्देलले जानकारी दिनुभयो ।

बाँकी रहेको रकममध्ये आज १४ जना खेलाडीलाई २२ हजार रुपैयाँका दरले ३ लाख ८ हजार नगसहित सम्मान गरिएको छ । यस्तै नेत्रहिनविश्वकप खेल्ने टोलीका ८ जनाअफिसियललाई ११ हजारका दरले ८८ हजार रुपैयाँ नगद दिइएको छ । यस्तै ताम्रपत्र, मायाको चिनो, व्यानरलगायतमा २२ हजार खर्च भएको एनसिएसएसले जनाएको छ ।

एनसिएसएसको काम ऐतिहासिक : पारस खड्का
सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले ऐतिहासिक काम गरेको बताए ।

क्रिकेट समर्थकले यस्ता काम गर्नु विश्वमै विरलै भएको पनि पारसको भनाइ थियो । पारस खड्काले पनि जाँदा रेलमा, आउँदा प्लेनमा भन्ने नारासहित ५० हजार रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा पारसले नेत्रहिन टोलीबाट नेपाली क्रिकेटले नै धेरै कुरा सिक्नुपर्ने बताए ।

अक्षयकोषको स्थापना
विश्वकप खेल्न रेल चढेर विदेश जानुपर्ने बाध्यता नदोहोरियोस भनेर नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले एनसिएसएस अक्षयकोषको स्थापना गरेको छ ।

अक्षयकोषमा एनसिएसएसले ५० हजार १ रुपैयाँजम्मा गरिसकेको छ । अक्षयकोषमा रहने रकम नेपाली पुरुष तथा महिला क्रिकेट, नेत्रहिन क्रिकेट र ह्वीलचेयर क्रिकेट खेलाडी तथा क्रिकेट पत्रकारलाई अप्ठेरो परेको बेला खर्च हुनेछ ।

‘सधैभरी पैसा उठाउने यस्ता अभियान चलाउन गाह्रो हुन्छ, त्यसैले स्थायी रुपमा नै रकम जम्मा गर्नको लागि हामीले अक्षयकोषको स्थापना गरेका हौं’, एनसिएसएसका प्रमुख भानु सिग्देलले भन्नुभयो ‘यो कोषले सबै खाले नेपाली क्रिकेट र क्रिकेट पत्रकारलाई सहयोग हुनेछ ।’

फ्लाई दुवई र इसेवाको साथ
एनसिएसएसले नेपाली खेलाडीलाई दुवइबाट प्लेनमा काठमाडौं ल्याउने क्रममा फ्लाई दुवई एअरलाइन्सले पनि सहयोग गरेको छ । फ्लाई दुवइले टिकटमा ३० प्रतिशत छुट दिएको थियो । यस्तै झण्डै ९ लाख रुपैयाँ संकलनको लागि इसेवाले पनि सहयोग गरेको छ । इसेवाले निशुल्क रकम जम्मागर्न सकिने प्रवन्ध मिलाएको थियो भने २५ हजार रुपैयाँ पनि सहयोग गरेको थियो ।

उज्यालाेबाट


ताजा समाचार