Loading... आजः बुधबार, कार्तिक ५, २०७७

यस्तो छ कौशिलावति खत्रीको प्रदेश सांसद सम्मको यात्रा


जाजरकोट । जाजरकोटकी अगुवा महिला नेतृ कौशिलावति खत्री ६ नम्बर प्रदेशको प्रदेशसभा सदस्य बन्नु भएको छ । महिला आन्दोलन तथा पार्टी संगठनमा कुशल नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएकी खत्री नेकपा एमालेको सिफारिसमा सांसद बन्नु भएको हो ।

नेकपा एमाले ६ नम्बर प्रदेशको प्रदेश कमिटि सदस्य समेत रहनु भएकी कौशिलावति खत्रीले आइतवार प्रदेश सांसदको सपथ ग्रहण गरि सक्नु भएको छ । उहाँ समानुपातिक प्रणाली अन्तर्गत संसाद बन्नु भएको हो । बिद्यालय उमेरदेखिनै राजनीतिमा सक्रिय खत्री जाजरकोटको परिचय बदल्न निरन्तर संघर्षरत हुनुहुन्छ ।

यस्तो छ सांसद कौशिलावाति खत्रीको प्रदेश सांसद सम्मको यात्रा

छेडागाड नगरपालिका–५ वडावन, जाजरकोट स्थायी घर भएकि कौशिलावती खत्री बुवा टेक बहादुर खत्री र आमा वसन्धरा खत्रीको कोखबाट तत्कालिन झाप्रा गाविस वडा नं १ फुम्ना जाजरकोटमा २०३० साल माघ २१ गते जन्मनु भएको हो । सामान्य किसान परिवारमा जन्मिनु भएकी खत्रीको आर्थिक अवस्था मध्यम स्तरको छ । उहाँको श्रीमान खिम बहादुर शाही पार्टी स्थापना कालकै नेकपा एमालेका कार्यवहाक सचिवको जिम्मेवारी निर्वाह गर्नु भएको हो । उहाँको श्रीमान राजनीति संगै ग्रामिण समाज नेपाल नामक गैर सरकारी संस्था स्थापना गरेर समाज सेवामै हुनुहुन्छ ।

सपथग्रहण गर्दै सांसदहरु

दुर्गम गाउँमा घाँस,दाउरा, मेलापत गर्दै हुर्कीनु भएकी खत्री बिद्यालय उमेर देखि नै राजनीतिमा चासो राख्नु हुन्थ्यो । खत्री २०४६ सालमा जनप्रीय मावि दशेरामा अनेरास्ववियूको प्रारम्भिक कमिटि सदस्य हुन भयो । तत्कालिन समाजमा छोरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्दै अध्ययनलाई मात्रै नभई उहाँले राजनीतिलाई समेत निरन्तरता दिनु भयो । आफ्ना कुरा स्पष्ट संग राख्ने स्वभावकी जुझारु र निडर महिला नेताको रुपमा आफुलाई स्थापित गर्न सफल हुनु भयो । २०४८ सालमा एस.एल.सी पास गर्नुभएकी खत्रीले २०४८ मै नेकपा एमालेको सदस्यता प्राप्त गर्नु भयो । पार्टी सदस्यता प्राप्त संगै खत्रीको राजनीतिक यात्राले निरन्तरता पायो ।

२०४९ सालमा नेकपा एमाले इलाका नम्बर ८ को सदस्य भई २०५१ मा अखिल नेपाल महिला संघको जिल्ला कमिटि सदस्य र २०५५ देखि ०५७ सम्म उपाध्यक्ष भई सफल नेतृत्व गर्नु भयो । २०६२ सालमा नेकपा एमालेको तेस्रो जिल्ला अधिवेशनवाट जिल्ला कमिटि सदस्य निर्वाचित खत्रीले दोस्रो जनाआन्दोलन २०६२–०६३ को जाजरकोटमा नेतृत्वदायी भुमिका खेल्नु भयो ।

राजनीतिलाई पेशा नभई जनसेवा ठान्ने कौशिलावाती खत्रीले बिभिन्न सामाजिक आन्दोलनको नेतृत्व गर्दै बिभिन्न संघसंस्था मार्फत समाज परिवर्तमा लागी रहनु भयो । यो बिचमा २०४९ देखी २०७३ सम्मा शिक्षण गर्नु भएकी उहाँले २०६८ साल देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला समितिको उपाध्यक्ष हुनु भयो । उहाँ जिल्ला शिक्षा समितिको एक कार्यकाल सदस्य समेत बन्नु भयो ।

शिक्षण पेशा संगसंगै पार्टीको चौथो र पाँचौ जिल्ला अधिवेशनवाट जाजरकोट जिल्ला कमिटी सचिवलाय सदस्यमा निर्वाचित भई निरन्तर सक्रिय रहनु भयो । खत्रीको सक्रिय राजनीतिक भुमिकाको कदर गर्दै पार्टिले पनि एक पछि अर्को गर्दै थुप्रै राजनीतिक जिम्मेवारी दिइरहयो । आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि नपंन्छिने कुशल महिला नेतृले कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्नु भयो । पार्टीको नवौ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुनु भएकी कौशिलावती खत्री हाल ६ नम्वर प्रदेशको प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

रुढीबादी सोचले ग्रस्त जाजरकोट बदल्ने २७ बर्षे लामो राजनीतिक यात्रापछि अहिले सांसद बन्नु भएकी खत्रीको काँधमा थुप्रै जिम्मेवारी छन् । उहाँ भन्नु हुन्छ ः “इतिहाँसले एउटा अवसर दिएको छ, यो अवसरलाई खेर जान दिने छैन । म राजनीतिको लागि राजनीति गर्दीन समाज परिवर्तनको लागि राजनीति गर्दै छु र मेरा सवै प्रतिवद्धताहरु पुरा गर्छु, मलाई तपाँइको साथ र खवरदारी जरुरी छ ।”

श्रीमान खिम बहादुर शाही र एमाले नेता शंकर पोख्रेलको सँग

दाउरा बोक्दै

ताजा समाचार