Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नेल्टा बाँके को ११औ जिल्ला सम्मेलन सम्पन्न

बाँके । नेल्टा बाँकेको ११औ जिल्ला सम्मेलन अाईतबार सम्पन्न भएको छ ।

अध्यक्षमा होम राज खड्कालाई चयन गरेको नेल्टाले उपाध्यक्षमा टर्क बाहादुर खत्री, सचिबमा कमल घर्ती, सह-सचिवमा हेमन्त राज काफ्ले, कोषाध्यक्षमा सन्जिब कुमार सिङल र सदस्यमाहरूमा देबि गुरुङ, बिन्दु सुवेदी, ईन्दु शर्मा, प्रमिला पुडासैनी, मन बहादुर खड्का, गगन बहादुर खड्का, प्रमोद सुवेदी र बुद्धि पौडेल गरि १३ सदस्य चयन गरेको हाे ।

उक्त सम्मेलन नेपालगन्ज उपमहानगरपालिका का नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापा को प्रमुख आतिथ्यमा भएको थियो भने नेल्टा केन्द्रीय सदस्य अपर्ना गुप्ता, धम्बोजी उमावीका प्रअ किरण आचार्य र डाक्टर मुना श्रेष्ठ काे अातिथ्यता रहेका थियो ।

सम्मेलनमा बाेल्दै प्रमुख अतिथी थापाले नेल्टाले बाँकेमा अङ्ग्रेजी भाषा शिक्षणमा निकै महत्त्वपूर्ण योगदान पुर्याएकाे बताए । समय समयमा अंग्रेज़ी शिक्षकहरुलाई तालिम दिएर शिक्षकहरुको ब्याक्तित्व बिकास र अङ्ग्रेजी भाषा सिकाईमा निकै राम्रो भुमिका खेलेको छ । अब नेल्टाले सक्दो बिधालयमा भएका अङ्ग्रेजी शिक्षकहरु संगठित गरि उहाँहरु लाई विभिन्न तालिम हरु दिन सके निकै राम्रो हुने बताए र नेल्टा को नँया टिमलाई शुभकामना पनि दिएका थिए।

५० बढी शिक्षकहरुलाई अङ्ग्रेजी भाषा सिकाई सम्बन्धि तालिम प्रशिक्षक मन बहादुर खड्का, प्रमोद सुवेदी, बिन्दु सुवेदी, ईन्दु शर्मा, प्रमिला पुडासैनी, देबि घर्ती लगाएतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम को सन्चालन सह-सचिब टर्क बहादुर खत्रीले गरेका थिए ।


ताजा समाचार