Loading... आजः बिहिबार, मंसिर ९, २०७८

कार्यक्रम साझाबोलीले अत्यन्तै प्रभाव पारेको श्रोता समुहका सदस्यहरुको भनाई

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ७ स्याउली बजारका युवाहरु अहिले स्थानिय विकास, सुशासन र जवाफदेहिता बारे गहिरो छलफल गर्न थालेका छन् । रेडियो कार्यक्रम साझाबोली सुन्न थालेपछि श्रोता समुहमा संगठित भएका युवाहरुले यसरी आपसमा छलफल गर्न थालेका हुन् ।

स्याउली रेडियो श्रोता समुहको बैठकमा युवाहरुले रेडियो कार्यक्रम समुहमा सुन्नुका साथै सुनेका कुरा अनुसार नागरिक समाज, आफ्नो स्थानमा रहेको सार्वजनिक निकाय एवं स्थानिय तहले प्रवाह गर्ने सेवा केके हुन, आम नागरिकले के कसरी पाईरहेका छन् भन्ने भन्ने विषयमा सबैले चासो लिन थालेका छन । केहि दिन अघिमात्र यो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।

समुहका अध्यक्ष दिपेन्द्र बि .क को अध्यक्षतामा बसेको बैठकमा रेडियो कार्यक्रम साझा बोली ले उठाएका सवाल र गाउँमा स्वास्थ्य र शिक्षा सेवा प्रभावकारी बनाउन नागरिकहरुको भुमिका के कस्तो हुनुपर्छ भनी छलफल गरिएको थियो । युएसएआईडीको आर्थिक सहयोगमा एफएचआई-३६०, इक्वेल एक्सेस र आईसिएनएल साझेदार रहेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उत्पादन हुने रेडियो कार्यक्रम साझेदारी सुन्न स्थानिय साझेदार संस्था सुन्दर नेपालले यो समुह गठनमा सहयोग गरेको हो ।

श्रोता समुहका सदस्यहरु हरेक महिनामा दुई पटक, ५ र २० गते बैठक बसी छलफल गर्छन् । पछिल्लो बैठकमा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक खिम रेग्मी, जिल्ला अधिकृत धन बहदुर रावत समेतको उपस्थिति रहेको थियो । उक्त छलफलमा कार्यक्रम संयोजक रेग्मीले रेडियो कार्यक्रम साझाबोलीले उठाएका सवाल र स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधाबारे थप जानकारी दिनुभयो । जाजरकोटमा रेडियो कार्यक्रम साझाबोली रेडियो हाम्रोपाईला बाट हरेक आईतबार साँझ सातबजेदेखि आधा घण्टा प्रसारण हुन्छ ।

काठमाण्डौबाट ईक्वेल एक्सेसले र स्थानिय तहमा सुर्खेतबाट रेडियो भेरी एफएमले उत्पादन गर्ने साझाबोलीको केन्द्रिय तथा स्थानिय संस्करण हप्तैपिच्छे आलोपालो गरेर प्रसारण हुन्छ । जिल्ला जिल्लामा रहेका सामुदायिक संचारकर्मीहरुले पठाएको आवाजलाई समेटेर यो कार्यक्रम तयार गरिन्छ । रेडियो श्रोता समुहका सदस्यहरु अँझ धेरै कृयाशिल भएका छन । मंगलबार मात्र गर्भजाच हुने स्वास्थ्य संस्थामा अहिले नियमित हुन्छ ,यो प्रभाव कार्यक्रम साझाबोली को हो अफ्नो परिचय दिन अप्ठेरो मान्ने केही साथिहरु अहिले सेवा दिने सम्बन्धित निकायमा निगरानी राख्न थालेको उक्त समुहका सदस्यहरुले बताएका छन । अघिल्लो बैठकमा समुहका पुराना सदस्यहरु निष्क्रिय भएकोले नयाँ सदस्य समेत गरिएको थियो । ती सदस्यहरु अहिले कार्यक्रमप्रती निकै उत्साहपुर्वक सहभागी हुने , कार्यक्रममा समेटिएका विषयमा छ्लफल गर्ने र केही नबुझेमा हामिलाई सोध्ने कार्य समेत गर्दै आउनुभएको छ ।

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिका १३ थर्पुमा गत पौष २५ गते गठन भएको कार्किगाउ रेडियो श्रोता समुहको दोस्रो बैठक माघ ६ गते बसेको छ । समुहका संयोजक जय बहादुर खत्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा कार्यक्रम साझाबोली कहाँ र कसले उत्पादन गर्छ ,किन सुन्नुपर्छ यसले कुनकुन क्षेत्रमा जोड दिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । आफ्नो गाउको शिक्षा क्षेत्रमा शिक्षकहरुले पठनपाठनमा केही लापरबाही गरेको सदस्य ललिता चन्दले बताउनुभयो । किन लापरबाही भएको हो भन्ने कुरामा निगरानी राख्ने सचिव मनमाया पुनले प्रतिबद्धता गर्नुभएको थियो । समुहका सदस्यहरु हरेक महिनामा दुई पटक ६ र २१ गते बैठक बसि छलफल गर्छन ।

पारस्परिक जवाफदेहिता परियोजना द्वारा समुदायका लागि उत्पादित रेडियो कार्यक्रम साझाबोलीले कृषि, स्वास्थ्य, शिक्षा र विपत ब्यवस्थापनका सवालमा आम नागरिक, नागरिक समाज, आमसंचारमाध्यम र सरकारी निकायको सहकार्य तथा पारस्परिक जवाफदेहितामा जोड दिने गर्दछ । छलफलमा सहभागी भएका श्रोता समुहका सदस्यहरूले कार्यक्रम साझाबोली नियमित सुन्ने र स्थानीय तहबाट उपलब्ध सुबिधाबारे निगरानी राख्ने कामलाई जारी राख्ने बताएका छन ।


ताजा समाचार