Loading... आजः बुधबार, कार्तिक ५, २०७७

कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न सभागृह निर्माण हुने

कोहलपुर । कोहलपुरमा अत्याधुनिक सुविधा सहितको सभागृह निर्माण हुने भएको छ ।

३४ करोड लागतमा निर्माण गरिने सभागृहको नक्सा तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाईएको कोहलपुर नगरविकास समितिका अध्यक्ष अबराज खड्काले जानकारी दिए ।

कोहलपुर रेडक्रस कार्यालय नजिकै रहेको खाली जग्गामा सभागृह निर्माणकालागी औपचारीक प्रक्रिया पुरा गरि यसै महिनाभित्र टेण्डर प्रक्रियामा जाने गरी तयारी गरीएको खड्काले बताए ।

सभागृह निर्माणसँगै यस क्षेत्रमा आयोजना गरीने कार्यक्रमहरुलाई थप ब्यवस्थित रुपमा संचालन गर्न मद्धत पुग्ने खड्काले विश्वास समेत ब्यक्त गरे ।


ताजा समाचार