Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बुम रेमिट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा, (खेल तालिका सहित)

बाँके । कोहलपुरमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।

मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा यहि माघ ९ गतेबाट जिल्लास्तरीय “बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता” संचालन गरीने भएको हो ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्देशक तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

जिल्लाका २ सरकारी विद्यालयसहित १२ वटा टिमले प्रतियोगितामा सहभागीता जनाउने बताउँदै क्षेत्रीले आवश्यक सम्पुर्ण तयारी पुरा भएको बताए । गतवर्षदेखी सुरु गरीएको प्रतियोगिताको दोस्रो संस्करणका रुपमा उक्त प्रतियोगिता संचालन गर्न गईरहेको आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापले जानकारी दिए । अघिल्लो वर्षभन्दा ब्यवस्थित तवरले संचालन गरीने प्रतियोगिताको पुरस्कार राशीमा समेत बृद्धि गरीएको थापाले बताए ।

नगद राशीका अलावा अन्य विधाका खेलाडीहरुलाई समेत हौसला प्रदान गर्ने गरी पुरस्कृत गर्ने तयारी गरिएको बताउँदै थापाले प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः रु.२१००० र रु. ११००० सहित ट्रफीको ब्यवस्था गरिएको जानकारी दिए ।

यसैबिच प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी टिमहरुको आधारमा खेलतालिका सार्वजनिक गरिएको प्रतियोगिताका प्राविधिक संयोजक होमेन्द्र क्षेत्रीले जानकारी दिए । यहि माघ ९ गते बाट सुरु हुने प्रतियोगिताको समापन १५ गते गरीने क्षेत्रीले बताए ।

खेल तालिका


ताजा समाचार