Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

स्ववियुद्धारा क्याम्पस प्रमुख र नवआगन्तुक बिद्यार्थीलाई स्वागत


दिनेश गौतम
जाजरकोट । स्वातन्त्र बिद्यार्थी युनियनले भेरी ज्ञानोदय क्याप्पसका नव नियुक्त क्याम्पस प्रमुखलाई बधाई तथा सम्मान गरेको छ ।

नवनियुक्त क्याम्पस प्रमुख चन्द्र बहादुर बुढालाई स्ववियुले अइतवार एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको हो । त्यस्तै क्याम्पसमा स्नातक तह पहिलो बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई पनि स्वागत गरिएको छ ।

भेरी ज्ञानोदय क्याम्पसका स्ववियू सभापति प्रदिप खड्काले क्याम्पस प्रमुख बुढालाई बधाई र नवा आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बुढाले स्नातकोत्तर पढाइको लागि छिटो पहल हुने बताए ।


ताजा समाचार