Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

प्रदेश ६ का प्रदेश सदस्यको सपथग्रहण सकियो


सुर्खेत । ६ नम्बर प्रदेशमा प्रदेशसभा सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ ।

सवैभन्दा पहिला प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएका थिए । त्यसपछि बाँकी ३९ जना सदस्यहरुलाई सपथ खुवाएको हो ।

जिल्ला समन्वय समितिको कार्यालयमा सपथग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेसभाको पहिलो बैठकका बारेमा भने कुनै जानकारी नभएको प्रदेश सदस्य कौशिलावती खत्रीले जानकारी दिइन् । प्रदेश ६ मा जमा ४० जना प्रदेश सदस्य रहेका छन् ।


ताजा समाचार