Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

काठमाडौँ बस्ने यी युवाः जस्लाई प्रकोपको पिडाले जुनिचाँदे पुर्यायो


जाजरकोट । गत पुस महिनाको मध्यदेखि जाजरकोटको जुनिचाँदे गाउँपालिकामा फैलीएको भाइरल प्रकोपले जनजीवन प्राभावित बनाइरहेको थियो । प्रकोपबाट १४ जनाले ज्यान गुमाई सकेका थिए । करिव दुई हजार भन्दा बढिको उपचार भइसकेको थियो भने तिन हजार बढि बिरामी थिए । प्रकोपले प्रत्यक घरमा विरामी परेर थला परेका थिए । प्रकोपले बिशेषगरी वडा नम्बर १,२ र ३ मा बढि प्रभावित थिए । स्थानिय संगै राष्ट्रिय स्तरका संचार माध्यममा जुनिचाँदेको प्रकोपले निकै चर्चा पाइरहेको थियो । स्वास्थ्यकर्मीहरुको टोलीले शिविर संचालन गरेर उपचार गरीरहे पनि प्रकोप नियान्त्रणमा आएको थिएन ।

प्रकोपको पिडाले छट्पटिरहेको जुनिचाँदेको खबर संचार माध्यममा सुनेर काठमाडौ बस्ने तिन जना युवालाई दुर्गम गाउँमा सहयोग गर्ने इच्छा जाग्यो । ज्वरो र रुघाखोकीको औषधी नपाएर ज्यान गुमाईरहेको पिडालाई सहयोग गर्न युवाहरु औषधी र चिसोमा लगाउने कपडा बोकेर जाजरकोटको जुनिचाँदे आइपुगे । प्रगतिशिल समाज नेपाल नामक संस्था गठन गरेका राज केसी, रोशन काफ्ले र राजेश वाग्लेले ९ लाख बढिको औषधी र कपडा जुनिचाँदेको भाइरल प्रकोप पिडितलाई वितरण गरेका छन् ।

राहत सामग्री बोकेर दुर्गम गाउँमा पुगेका यी युवाहरुलाई जाजरकोटको जुनिचाँदेका बासिन्दाले धन्यवाद दिएका छन् । यी युवाहरुले औषधी संगै बिशेषगरी महिला, बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेका छन् । प्रकोप प्रभावित क्षेत्र जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ मै पुगेर त्यहाँ फैलिएको प्रकोप पिडिलाई उक्त राहत सामग्री हस्तातरण गरेका हुन् । युवाहरुले हस्तान्त्रण गरेको रहातबाट प्रकोप र चिसोबाट प्रभावित बालबालीका र बृद्धबृद्धाहरु लाभाम्बित भएका छन् । संस्थाका अध्यक्ष राज केसीले भने – प्रकोप प्रभावित क्षेत्रको पिडालाई आफ्नै पिडा सम्झ्यौ र हामिलाई त्यो पिडाले जुनिचाँदे पुर्यायो ।

देश बल्ने सोच बोकेका सचेत युवाहरुले यस्तो विपत्तिमा सहयोग गर्नु पर्ने यी युवाहरुको भनाई छ । देशका जुनसुकै ठाँउमा भएका जस्तासुकै आपत विपतमा आफुहरुले सक्दो सहयोग गरीरहेको यी युवाहरुको भनाई छ । काठमाण्डौँ बस्ने सुगमका युवाहरुको दुर्गम प्रतिको यस्तो महत्वपुर्ण सोच र सहयोगलाई जुनिचाँदेले कहिल्यै नभुल्ने वडा नम्बर ११ का वडाअध्यक्ष अमर बहादुर शाहीले बताए । यस्तै ठुला मन भएका युवाहरुको सहयोग र स्वास्थ्यकर्मिहरुको निरन्तर सहयोगले यहाँको प्रकोप सामान्य वनेको छ ।

 


ताजा समाचार