Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण जारी, २ मा भाषा विवाद


काठमाडौँ । प्रदेश प्रमुखहरुले प्रदेश सांसदहरुलाई पद तथा गोपनीयताको सपतग्रहण गराएका छन् । १,२,४ र ५ नम्बर प्रदेशमा सपत ग्रहण सम्पन्न भइसकेको छ । ३, ६ र ७ नम्बर प्रदेशमा सपत ग्रहणको तयारी गरीएको छ । ६ र ७ नम्बर प्रदेशमा कुइरोले प्लेन नउडेपछी सपत ग्रहणमा ढिलाई भएको हो ।

उता २ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा सर्वप्रथम प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले सांसद मध्येका जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए । त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन् ।

प्रदेश २ मा १०७ जना सांसदले सपथ लिएका छन् सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए । पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरुले अस्वीकार गरेका थिए । त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ(आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे ।


ताजा समाचार