Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

मेयर सिपी घर्तीको गर्जन योजना हामीसंग छन् तपाईहरु मात्र साथ दिनुस

काठमाडौ । शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा भेरी नगरपालिकाका मेयर घर्तिले अब हरेकले जाजरकोट प्रतिको बुझाई बदल्नु पर्ने धारणा राखे ।

जाजरकोट अनेकौँ संभावना बोकेको जिल्ला भएको कारण अब गफ चुटेर बस्नु भन्दा काम गर्न तिर उन्मुख हुनुपर्ने बताएका छन ।

अरुले सोचेको जस्तो नभएर अनेकौँ संभावनाहरुको खानी रहेको जाजरकोट हरेक हिसावले सम्पन्न छ तर सबैको सकरात्मक भुमकिाको खाँचो छ । आ आफनो ठाँउमा सबैले बुझाई र ब्यवहार बदल्नु पर्ने धारण राखेका मेयर घर्तिले सबैले फराकिलो मन बनाएर जाजरकोटको बिकासका लागि लागिपर्नु पर्ने बताए ।

उनले काठमाडौमा गर्न लागेको महत्वसव सबै हिसाबले महत्वपुर्ण रहेको भन्दै त्यसको लागि नगरपालिका र आफनो ब्यक्तीगत तर्फबाट सहयोगको कुनै कसुर बाँकी नरहने जानकारी दिए ।

kusenews


ताजा समाचार