Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

प्रादेशिक महोत्सवको तयारी तिब्र, बिभिन्न पेशागत संघसंस्थाका प्रमुखहरुसँग छलफल

बाँके, ६ माघ । नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सवको मिति नजिकिएसँगै बिभिन्न संघसंस्थाका प्रमुखहरुसँगको भेटघाटलाई तिब्र पारिएको छ ।

यहि माघ ११ देखि २२ गतेसम्म सडक डिभिजन परिसर नेपालगञ्जमा संचालन हुने महोत्सवमा सर्वपक्षिय ऐक्यवद्धता कायम गराउन बिभिन्न निकायका पदाधिकारीहरुसँगको भेटघाटलाई तिब्र पारिएको हो ।

बिभिन्न शैक्षिक तथा ब्यापारीक प्रतिष्ठानहरुसँग सहकार्यकालागी छलफल गर्दै आएको महोत्सव आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघले केही दिन पहिले ३ वटै सुरक्षा निकायका प्रमुखहरुसँग परामर्श लिएको थियो ।

बाँकेका सबै राजनितिक दलका प्रमुख तथा जनप्रतिनिधीहरुहरुसँग अन्तरक्रिया गरिसकेको बताउँदै महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी लगाएतका उच्च पदस्त ब्यक्तिहरुसँग समेत छलफल गरीसकेको जानकारी दिए ।

महोत्सवलाई यस क्षेत्रकै उत्सवका रुपमा मनाउने तयारी भईरहेको महोत्सव प्रचार, प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । ५, ६ र ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगञ्ज ब्यापारीक दृष्टिकोणले पश्चिम नेपालको हबका रुपमा स्थापित हुँदै गएकोले महोत्सव संचालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तिब्रता पाउने विश्वास ब्यक्त गरिएको छ ।


ताजा समाचार